arrow

वाम गठबन्धनबारे यस्तो छ विवेकशील साझा पार्टीको धारणा

‘हठात तालमेल तथा एकता प्रक्रिया’

logo
प्रकाशित २०७४ असोज १८ बुधबार
sajhaparti.jpg

काठमाडौं । विवेकशील साझा पार्टीले अहिले चर्चामा रहेको वाम एकताबारे आफ्नो धारणा सार्वजनिक गरेको छ  ।

पार्टी प्रवक्ता रमेश पौड्यालले जारी गरेको विज्ञप्तिमा, ‘नेपाली राजनीतिको उलेख्य भूमिकामा रहेका केही वामपन्थी पार्टीहरुको चुनावी तालमेल तथा पार्टी एकता प्रयासप्रति हाम्रो पार्टीको पनि ध्यानाकर्षण भएको छ । सानो मुलुक तर धेरै संख्यामा राजनीतिक पार्टीहरु क्रियाशील रहेको पृष्ठभूमीलाई हेर्दा उस्तै राजनीतिक विशेषता बोकेका दलहरुबीचको एकतालाई हामी सकारात्मक रुपमा लिन्छौं र त्यसको स्वागत गर्छौं’–भनिएको छ ।

यद्यपि, विज्ञप्तिमा नेपाली राजनीतिले सम्बोधन गर्नै पर्ने सुशासन, विकास र सम्वृद्धिका मुद्धाहरुमा यो एकता प्रक्रियाले कस्तो भूमिका निर्वाह गर्न हो भन्ने कुरा अझै स्पस्ट नभएको भन्दै एकताप्रति शंका गरिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘खासगरी विभिन्न अमिल्दा र कतिपय राजनीतिक मुद्धाहरुमा परस्पर विपरीत धारणा समेत राख्दै आएका दलहरुबीचको हठात तालमेल तथा एकता प्रक्रिया मूल्य–मान्यता, संस्कार र विधिको राजनीति गर्ने दिशातर्फ होइन, पार्टीलाई शक्तिशाली र सरकार बनाउने दिशातर्फ मात्र लक्षित हो कि भन्ने देखिन्छ ।’

यस्तै, विज्ञप्तिमा ‘जसले एकातिर, नेपाली राजनीतिमा देखिएको भ्रष्ट्राचारी, अपारदर्शी तथा दोहनकारी चरित्रलाई अझ बलियो बनाउने संभावना छ भने अकर्कोतर, विगतमा दलीय भागवण्डाद्धारा राज्यको दोहन गरिरहेका दलहरुको एकताले भविष्यमा पनि राज्य संचालनको तहमा अल्पतन्त्र (ओलीगार्की)लाई अझ वढि संस्थागत गर्ने जोखिम देखिन्छ’, समेत भनिएको छ ।

विवेकशील साझा पार्टीले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखैमा चाहेर वा नचाहेर वर्तमान राजनीतिक ध्रुवीकरणले निम्त्याउन सक्ने राजनीतिक अस्थिरताको जोखिमलाई समेत मध्यनजर गरेर सबै राजनितिक दलहरुलाई जिम्मेवार र सतर्क रहन भनेका छ ।

अर्का प्रवक्ता सूर्यराज आचार्यले वाम र लोकतान्त्रिक दुबै गठबन्धनबारे अहिले अहिले अड्कल गर्नु हतार हुने बताए  । उनले भने, ‘वाम गठबन्धनलाई हामीले सकारात्मक रुपमा लिएका छौं । तर, यो राजनीतिक ध्रुवीकरण विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोणभन्दा पनि सत्तामुखि हुने शंका पनि कायम छ ।’ एउटै चिन्तन भएका पार्टीहरु मिलेको राम्रो हो तर, अब त्यसको कार्यदिशा के हुने भन्ने कुराले अर्थ राख्दछ, उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ