arrow

प्रधानमन्त्री देउवाद्वारा माओवादीले एमालेसंग हात मिलाएपछि कानून व्यवसायीसँग छलफल

logo
प्रकाशित २०७४ असोज १९ बिहिबार
sher-bahadur-deuba.jpeg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले परिवर्तित समसामयिक राजनीतिक विषयमा कानून व्यवसायीसँग आवश्यक परामर्श गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलले प्रमुख प्रतिपक्षी दलसँग गठबन्धन र एकताको पहल गरेपछि सरकारको अवस्थाका बारेमा कानून व्यवसायीसँग बुधबार परामर्श लिएका हुन् ।  

बैठकमा प्रधानमन्त्री देउवाले सरकारमाथि अविश्वासको प्रस्ताव आउँदा वा नआउँदाको अवस्थाका बारेमा जिज्ञासा राखेको वरिष्ठ अधिवक्ता यदुनाथ खनालले जानकारी दिए । 

वरिष्ठ कानून व्यवसायीले वर्तमान अवस्थामा निर्वाचनसम्म सरकारमाथि अविस्वासको प्रस्ताव आउँदा नआउँदा कुनै फरक नपर्ने संवैधानिक र कानूनी व्यवस्थाका बारेमा अवगत गराएका थिए । 

नेपाली काँग्रेस नेतृत्वको सरकारको प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मंगलबार प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन र पार्टी एकताको पहल थालेपछि प्रधानमन्त्री देउवाले सो छलफल गरेका हुन् ।  

बैठकमा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सूर्य ढुंगेल, प्रेमबहादुर खड्का लगायत एक दर्जन वरिष्ठ कानून व्यवसायी सहभागी थिए । (रासस)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ