arrow

हतियारसहित यादव पक्राउ

logo
प्रकाशित २०७४ असोज १९ बिहिबार
pistol.jpg.jpeg

राजविराज । सप्तरीको राजविराज नगरपालिका–१३ बाट हतियारसहित एकजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही वडा नं बस्ने ५४ वर्षीय लक्ष्मण यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल, सोमा प्रयोग हुने एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । 

यादवले अवैधरुपमा हतियार घरमा लुकाई राख्ने र हतियार देखाएर स्थानीयलाई धम्काउने गरेको जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले उनलाई हतियारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । 

प्रहरीले चेकजाँच गर्ने क्रममा यादव सुत्ने कोठाको खाटमुनि प्लाष्टिकमा लुकाएको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद गरेको उनले जानकारी दिए । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ