arrow

पाँचथरमा काँग्रेस र एमालेले गरे उम्मेदवार सिफारिस, दुई पत्रकार समेत परे

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ असोज १९ बिहिबार
congress-n-uml-falg.jpg

पाँचथर । आगामी मंसीर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि नेपाली काँग्रेस पाँचथरले आकांक्षीहरुको नाम छनौंट गरी केन्द्रीय समितिलाई पठाएको छ । प्रदेश सांसदको आकांक्षीमा दुई जना पत्रकारको नाम समेत पार्टीले सिफारिस गरेको छ । जिल्ला कार्य समितिको बैठकले राष्ट्र सभाका लागि पार्टीका आदिवासी विभाग प्रमुख भीष्मराज आङदेम्बे, महासमिति सदस्य मित्र प्रसाद काफ्ले र महाधिवेशन प्रतिनिधि डिकेन्द्र चेम्जोङको नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रदेश सभाका लागि एक नम्बर क्षेत्रबाट बालकृष्ण ओझा, लवदेव ढुंगाना, नरेन्द्रकुमार केरुङ, रुपनारायण जवेगुको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ बाट सुरेन्द्रकुमार दाहाल, बीरेन्द्रकुमार खड्का, सूर्यकुमारी नेम्वाङ, धर्मेन्द्रबिक्रम नेम्वाङ, खड्गसुन्दर लाओती लगायत ६ जनाको नाम सिफारिस गरेको छ । त्यस्तै राष्ट्रसभामा समानुपातिकतर्फ पूर्णकुमार शेर्मा, दिपकप्रकाश बाँस्कोटा, चन्द्रकला केरुङ र कृष्णकुमारी खतिवडाको नाम सिफारिस गरिएको छ । प्रदेश सभा समानुपातिकतर्फ क्षेत्र नम्बर एक बाट अम्बिका न्यौपाने, हरिप्रसाद ओझा, मधु जवेगु, पूर्णबहादूर नेपाली, विश्वराज योङया, यज्ञ भट्टराई, छबि बाँस्कोटा, सूरेन्द्र तिम्सिना, नारायण कोईराला, जयप्रसाद रिजाल लगायत १४ जना रहेका छन् ।

क्षेत्र नम्बर दुईबाट समानुपातिकतर्फ हरिराज आङदम्बे, धनेन्द्र चेम्जोङ, रामराज आङदेम्बे, गंंगामाया आङदम्बे, आशा आङदम्बे, निरबहदुर धमला र बिपेन्द्र गौतमको नाम सिफारिस गरिएको नेपाली काँग्रेश पाँचथरले जनाएको छ । आकांक्षीमध्ये प्रदेश सभा प्रत्यक्ष तर्फका लवदेव ढुंगाना र क्षेत्र नम्बर दुईबाट समानुपातिक तर्फका बिपेन्द्र गौतम पत्रकार हुन् । ढुंगाना नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष हुन् भने गौतम रेडियो नेपालका पाँचथर संवाददाताको रुपमा कार्यरत छन् ।
 
त्यस्तै नेकपा एमाले पाँचथरले प्रतिनिधि सभाको लागि प्रत्यक्षबाट पूर्व सांसद तथा एमाले जलस्रोत तथा उर्जा विभाग सचिव वसन्तकुमार नेम्वाङ र समानुपातिकतर्फ केन्द्रिय सदस्य पूर्व सामान्य प्रशासन मन्त्रि डम्वरसिं सम्वाहाम्फेको नाम सर्वसम्वत ढंगवाट छनौट गरीएको स्रोतले बताएको छ ।

त्यसैगरी, प्रदेश सभाको लागि क्षेत्रीय कमिटिहरुले सिफारीस गरीएका आकांक्षिहरुको नाम नै जिल्ला कमिटिले प्रदेश कमिटिमा सिफारीस गरेको बताएको छ । आकांक्षीहरुको टुंगो लगाउन नसकेपछि एमाले पाँचथरले दुवै वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिकबाट तर्फ पाँच–पाँच जनाको नाम सिफारीस गरेको एमाले जिल्ला सचिव तिवेन्द्र चापागाईले बताए ।

जसअनुसार प्रदेश सभाको लागि प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ एमाले सल्लाहकार परिषद् सदस्य तथा सांसद गणेशकुमार काम्वाङ, पार्टीका पूर्व उपसचिव थुमनाथ चापागाई, जिल्ला सचिव तिवेन्द्रराज चापागाई, जिल्ला सचिवालय सदस्य महेन्द्र थाम्सुहाङ र भवानी लिङदेनलाई सिफारिस गरेको छ । भने क्षेत्र नं. १ बाट समानुपातिकतर्फ उपेद्र दंगाल, आशारत्न जवेगु, विरदल राई, सुदर्शन थापा, कमल जवेगुको नाम सिफारीस भएको चापागाईले बताए ।

यस्तै क्षे नं. २ मा प्रत्यक्षतर्फ कृष्ण आङदेम्वे, नरेन्द्र वस्नेत, मेघराज घिमिरे, गंगा चेम्जोङ र छवि लावती छन् भने समानुपातिक तर्फ गोविन्द तामाङ, नरवहादुर खड्का, ड्राइभरसिंह महरा, करुणा राई र सन्त राईको नाम सिफारीस गरीएको बताइएको छ । पाँचथरबाट यस अघि माओवादी केन्द्रले उम्मेद्वारको टुंगो लगाइसकेको छ । जसमा संघ तर्फ श्री प्रसाद जवेगु,पाँचथरको क्षेत्र नम्बर क बाट हर्क नेम्बाङ मिक्सो र ख बाट इन्द्र आङबो मौसमको नाम केन्द्रमा सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ