arrow

'नेपाल अन्तराष्ट्रिय शक्ति केन्द्रको अखडा'

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ असोज १९ बिहिबार
syanja_congress.JPG

स्याङ्जा । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले नेपाल अन्तराष्ट्रिय शक्ति केन्द्रको अखडा बनेको आरोप लगाएका छन् । नेपाली काँग्रेस संसदीय क्षेत्र नं. २ र वालिङ नगर समितिको संयुक्त आयोजनामा गरिएको वडा दशैं, शुभदीपावली, छठको शुभकामना तथा चियापान कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ताले अन्तराष्ट्रिय शक्ति केन्द्रले अखडा जमाएको आरोप लगाएका हुन् ।

केही दिन अगाडी बाम एकता भएसगै काँग्रेसले अन्तराष्ट्रिय शक्तिकेन्द्रको चलखेल हुन सक्ने अनुमान लगाएका छन् । मुलुकलाई अन्तराष्ट्रिय चलखेलको अखडा हुनबाट मुलुकलाई जोगाउनु पर्छ नेपाली काँग्रेसका महासमिति सदस्य खगेन्द्रराज रेग्मीले भने, “राष्ट्रियताको मामलामा सबै दलहरु एक ठाँउमा उभिनुपर्छ ।” मुलुकलाई शक्तिकेन्द्रको चलखेलले हाम्रो सार्वभौसत्ता माथी खेलवाड हुन सक्ने चुनौती थपिदै गएकाले राष्ट्रियताको मामलामा सबैदलहरु मिल्नु पर्ने बताए । 

बाम गठबन्धन राम्रो भएको भन्दै महासमिति सदस्य रेग्मीले मुलुकमा लोकतन्त्रवादी र कम्युनिष्ट पाटी मात्रै हुनुपर्ने जिकिर गरे । बाम गठबन्धनले काँग्रेसलाई अवर र चुनौती थपिएको छ महासमिति रेग्मीले भने, “काँग्रेसमा अव एकताको खाँचो आएकोले पार्टी नेतृत्वले बेलैमा विचार पु¥याउनु पर्छ ।” काँग्रेस भित्रै प्रतिपक्षको भुमिका देखिदा अन्य शक्तिले चलखेल गर्ने मौका पाएको बताउदै रेग्मीले गुट उपगुटलाई त्यागेर सबैको विचारलाई समेट्दै अगाडी बढ्नुपर्ने बेला आएको बताए । अन्तराष्ट्रिय राजनीतिलाई छिटो भन्दा छिटो बुझेर मुलुकको भविष्य हेर्ने बेला काँग्रेसको जिम्मेवारी भएको रेग्मीले बताए । काँग्रेस भित्र नेता पिच्छेका गुटले अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुले फाईदा उठाउदै आएको आरोप लगाउदै रेग्मीले बाम एकतापनि अन्तराष्ट्रिय शक्तिकेन्द्रको उपज भएको बताए । 

आउने संघ र प्रदेश सभाको निर्वाचनमा पार्टीले विचार पु¥याएर उमेदवार छान्न पनि रेग्मीले पार्टी नेतृत्वलाई आग्रह गरे । मेरो र तेरो भन्दा पनि जनता सगँ भिजेको र राजनीतिमा दुःख गरेका व्याक्तिलाई चुनावमाटिकट दिनुपर्ने धारणा रेग्मीले राखे । पार्टीले उमेदवार बनाएको व्याक्तिलाई सबै काँग्रेस एक भएर चुनाव जिताउन कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष उदय श्रेष्ठ, नेकपा माओवादी केन्द्रका हुमबहादुर गुरुङ, नयाँ शक्तिका टिकाराम रेग्मी, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, प्रेस युनियनका जिल्ला अध्यक्ष श्रीकृष्ण सिग्देल, बुद्धिजिविहरुबाट बेदप्रसाद अर्याल, विभिन्न संघसंस्थाहरुबाट ध्रुव सुवेदी,  वालिङ नगरका कार्यबहाक सभापति भिमप्रसाद सुवेदी लगायतले पछिल्लो राजनीतिक उथलपुथलका बारेमा विचार व्यक्त गरेका थिए । क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्यालको सभापतित्वमा भएको शुभकामना आदानप्रदान कार्यक्रमको संचालन सचिव दामोदर लम्सालले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ