arrow

पाँचथर पञ्चमीकी एक वालिकामाथि जवरजस्ती करणी

पैसालको प्रलोभनमा मुद्दा मिलाउन पिडित पक्षलाई राजनितीक दलको दबाब

logo
प्रकाशित २०७२ माघ २ शनिबार
District-03-Panchthar-hamrakura.jpg.jpeg
जितेन्द्र भण्डारी,पाँचथर। पाँचथरको पञ्चमीमा एक वालिकामाथि जवरजस्ती करणी भएको छ । वालिकालाई खेताला जाँदा जवरजस्ती करणी गरेको भन्दै पीडित वालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी छिन् । वालिकामाथि मोरङका हेमराज अधिकारीले पौष २३ गते जवरजस्ती करणी गरेको अभियोग छ । सो दिन खेताला जाँदा ९ बजे देखि बेलुकी ७ बजे सम्म बन्धक बनाएको र जवरजस्ती करणी गरेको आमाले बताएकी छिन् ।
 
घटनाका मूख्य योजनाकारको अभियोगमा खेताला बोलाउने घरका धनी नर वहादुर योङहाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बारम्बार गएर वालिकालाई खेताला बोलाउने योङहाङका छोराहरु विक्रम र विजय रहेको भन्दै उनीहरु विरुद्ध किटानी जाहेरी दिएको छ ।अहिले जवरजस्ती करणीको अभियोग लागेका अधिकारीसँगै सहयोगी भूमिका खेलेका भनिएका योङहाङका दुवै छोराहरु फरार रहेका छन् । तर प्रहरीले भने यस विषयमा केही अस्पस्टता रहेकाले तत्काल भन्न नसकिएकोले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
यसैवीच पीडित वालिकाको स्वास्थ्य परीक्षण पनि पौष २८ गते गरिएको छ । स्वास्थ्य प्रतिवेदनले पनि जवरजस्ती करणी भएको पुष्टि गरेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । तर घटनालाई मिलाउन जिल्ला स्थित केही राजनीतिक दलका नेताहरुले प्रयास गरिरहेका छन् । २ लाख रुपैयाँ पीडित पक्षलाई दिएर मिलाउने पक्षमा केही दलका नेता तथा कार्यकर्ताहरु बल गरिरहेका पीडित वालिकाकी आमाले बताएकी छिन् ।
 
आफूलाई जिल्ला प्रहरी कार्यालय परिसरमै २ लाख पैसा अहिले दिन्छौँ – मिल....भन्दै चर्को दवाव दिएको उनले वताइन् ।उनले छोरीको इज्वत् पैसासँग नसाट्ने बताइन् । यसैवीच जवरजस्ती करणी,उद्योग,कुटपिट र घरेलु हिंसाका घटनाहरुलाई न्यायीक निकायमा पुर्‍याएर पीडितलाई न्याय दिलाउन भन्दा पनि पीडक पक्षले दिने पैसाकै भरमा पीडित पक्षलाई दवाव दिएर मिलापत्र गर्ने धन्दामा जिल्ला स्थित केही राजनीतिक दलका नेता र केही अधिकारकर्मीहरुको संलग्नता बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ