arrow

एमाले–माओवादीले अहिलेको कोर्श विर्सिए भारतकै कम्युनिष्ट पार्टी जस्तो कन्तविजोग

logo
प्रकाशित २०७४ असोज १९ बिहिबार
samajbadi.JPG

काठमाडौं । संघीय समाजवादी फोरम काँग्रेससँग नजिकिएको छ । समाजवादी फोरम काँग्रेस नेतृत्वको ६ दलीय गठबन्धनमा आएको हो ।

संघीय समाजवादी फोरम संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले भने, ‘नयाँ परिस्थिति सिर्जना भएपछि हामीलाई प्रधानमन्त्रीले बोलाउनु भयो । यो परिस्थितिबाट राष्ट्रलाई जोगाउन भन्दै वहृद लोकतान्त्रिक गठबन्धन बनेको छ ।’ यसको मूल उद्देश्य अस्थिरता कायम हुन नदिने हो ।

उनले चुनावको मुखैमा आएर सरकारभित्रैको एउटा दलले मोर्चावन्दी गरेर सरकारलाई धरापमा पार्ने काम गरेको बताए । उनले अगाडि थपे, ‘अस्थिरता कायम नहोस् र खतराबाट जोगाउनलाई एक ठाउँमा हामी छौँ ।’

निर्वाचन कसरी लड्ने त ? जवाफमा उनले भने, ‘निर्वाचनको उम्मेदवारीका लागि कार्यदल बनेको छ । त्यसले आफ्नो एउटा खाका बनाउँछ । दुई नम्बर प्रदेशमा हाम्रो उपस्थिति र जनताको मनोभावनालाई देखेर वामशक्तिहरु चकित परे । अब उपस्थिति बढाउन भनेर गठबन्धन गर्नु भो । तर, मधेसमा कम्युनिष्टहरुको संख्या कम छ । त्यहाँका जनताले वाम शक्तिहरुलाई कम विश्वास गर्छन् ।’

उनले मधेसमा आफुहरुको भूमिका महत्वपूर्ण छ, भने । मधेसमा हामी र राजपाको उपस्थिति राम्रो हुन्छ, उनले भने, ‘पश्चिमतिर थरुहटका साथीहरुको राम्रो पकड छ । दुई नम्बर प्रदेशमा काँग्रेस र संघीय समाजवादीको उपस्थिति देखेर यो गठबन्धन भएको हो । हामीप्रति भ्रम छरेर राजपालाई चुनावका लगिएपनि उपस्थिति देखेर डराए । मधेस आन्दोलनमा लागेकाहरु कोही दायाँ बायाँ भएका छैनन् । बढारिन सक्ने खतरा देखेर वाम गठबन्धन बन्न पुगेको हो ।’

रातारात बनेको यो परिस्थितिले मुलुकलाई खतरामा लजाने उनको भनाई छ । उनले भने, ‘अन्ततः कम्युनिष्टहरुको जनवाद नै हो । जुन चाल उहाँहरुले चाल्नु भो यसमा उहाँहरु सफल बन्नु हुन्न । किन भने, गणतन्त्र र संघीयताको वनर्सिप त अहिले सबैले लिएका छन् । अहिले आएर धोका दिन खोज्नु भयो भने उहाँहरु बढारिनु हुन्छ ।’ अहिलेको कोर्श विर्सिए भारतका कम्युनिष्ट पार्टीको जस्स्तै कन्तविजोग हुन्छ । उहाँहरु त्यो बाटोमा जानु भो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ