arrow

पाकिस्तानी धार्मिकस्थलमा आत्मघाती आक्रमण, १३ को मृत्यु

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
Pakistan-Flag.jpeg

क्वेटा । पाकिस्तानको दक्षिणपश्चिम राज्य बोलिचिस्तानमा रहेको सुफी मुश्लिम धर्मावलम्वीको पवित्रस्थल नजिकै बिहीबार एक जना आक्रमणकारीले आत्मघाती हमला गर्दा कम्तिमा १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन् । 

घटनामा २० जनाभन्दा बढी घाइते भएको बताइएको छ । 

बोलिचिस्तानको गान्दवा क्षेत्रको झाल माग्सी जिल्लामा रहेको उक्त धार्मिकस्थल इरान र अफगानिस्तानको सीमा क्षेत्र हो । 

मस्जिद बाहिर सुरक्षार्थ खटिएका प्रहरीले आक्रमणकारीलाई मस्जीद परिसरमा पस्न रोकेपछि एक मस्जीद बाहिरै विस्पोट गराउँदा प्रार्थनाका लागि मस्जीद हिँडिरहेका र प्रार्थना गरी फर्कदै गरेका १३ जना गाउँलेहरूको मृत्यु भएको र २० जना घाइते भएको, स्थानीय वरिष्ठ सरकारी अधिकारी असाद ककारले एएफ्पीलाई बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ