arrow

प्रचण्ड उठ्ने भनेको चितवनका सबै क्षेत्रमा एमालेले पठायो उम्मेदवारको नाम 

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
KP-oli-vs-Prachanda.jpg.jpeg

रत्ननगर, चितवन । प्रचण्डले चुनाव लड्ने घोषणा गरेको चितवनमा तालमेल गर्ने घोषणा गरेको नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि सबै क्षेत्रको उम्मेदवारको टुंगो लगाएको छ । म‌ंगलबार पार्टी एकीकरण गर्ने घोषणा गरी ६० र ४० प्रतिशतको भागबण्डा समेत पूरा गरिसकेको भएपनि एमालेले समानुपातिकबाहेकको सदस्यको टुंगो लगाएको नेकपा ९एमाले० चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए । 

चितवनमा तीनवटा निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेलाई र निर्वाचन क्षेत्र नम्बर २ मा सांसद कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले चितवनले जनाएको छ । 

यस्तै क्षेत्र नम्बर ३ मा भने घनश्याम भट्टराई, शंकर थपलिया, सूर्य जमरकट्टेल, बिना तिमिल्सिना र रवीकिरण पौडेलको नाम प्रस्ताव भएको जिल्ला अध्यक्ष पोखरेलले जानकारी दिए । प्रदेशसभा सदस्यका लागि भने क्षेत्र नम्बर १ को ९क० मा दावा लामा र कृष्ण पन्त तथा ९ख० मा कृष्ण खनाल एवं क्षेत्र नम्बर २ को ९क० मा विजय सुवेदी र ९ख०मा तेजेन्द्र खड्का सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ । 

क्षेत्र नम्बर ३ को ९क०मा कृष्ण भुर्तेल सर्वसम्मत भए पनि ९ख०मा भने १० जनाको नाम आएकाले सबै नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फको करिब ५० जनाको नाम आएकाले छनोट गरेर पठाइने एमाले चितवनका इञ्चार्ज खनालको भनाइ छ । 

यसअघि नेपाली काँग्रेस चितवनले भने २७७ जनाको नाम सिफारिस गरेर पठाइसकेको छ । नेकपा ९माओवादी केन्द्र० चितवन भने छनोटको क्रममै रहेको जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ