arrow

माओवादीले मन्त्री फिर्ता बोलाउन लागेको चर्चा ! माओवादी भन्छ, 'होइन'

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
maoist_flag.jpeg

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादीले सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने तयारी गरेको चर्चा राजनीतिक बृत्तमा चुलिएको छ । नेकपा माओवादी केन्द्रका एक नेताले नाम नबताउने शर्तमा सो विषयमा पार्टीभित्र कुराकानी चलेको जानकारी दिए । 

प्रमुख प्रतिपक्षी दलसँग तालमेल गरेर पार्टी एकीकरणको समेत घोषणा भईसकेको अवस्थामा सरकारमा बस्नु उचित नहुने भन्दै सरकारबाट फिर्ता गराउने विषयमा चर्चा चलेको हो । यस विषयमा नेकपा एमाले र माओवादी पार्टी भित्रै पनि थप छलफल गरेर निष्कर्षमा पुग्ने तयारी माओवादीको छ।

तर, माओवादीकी प्रवक्ता पम्फा भुसालले भने यसलाई पुष्टि गरिनन् । हाम्राकुरासँगको संक्षिप्त कुराकानीमा प्रवक्ता भुसालले माओवादीले मन्त्री पनि फिर्ता नबोलाउने र समर्थन पनि फिर्ता नलिने स्पष्ट पारिन् । उनले यही सरकारले चुनाव गराउनुपर्छ भन्ने आफ्नो पार्टीको मान्यता रहेको भन्दै बाहिर आएको मन्त्री फिर्ता बोलाउने हल्लामा सत्यता नरहेको पनि उनले दाबी गरिन् । 

सत्ता साझेदार दलले नै प्रतिपक्षी दलसँग गठबन्धन गरेपछि देउवाले माओवादीका मन्त्रीहरुलाई बर्खास्त गर्न लागेका समाचारहरु आईरहेको बेला माओवादी आफैैंले मन्त्रीहरु फिर्ता बोलाउन लागेको चर्चा चल्न थालेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ