arrow

झण्डा नभएको गाडीमा प्रधानमन्त्री भेट्न पुगे महरा

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
krishna-bahadur-mahara-new.jpeg

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीसँग भेट गरेका छन् । शुक्रबार मध्याह्व प्रधानमन्त्री निवास बालुवाटार पुगेका मन्त्री महरा मन्त्री सवार हुने सवारी भन्दा पृथक गाडीमा बालुवाटार छिरेका थिए । 

सत्ता साझेदार दलले प्रमुख प्रतिपक्षी दलसँग एकीकरण र तालमेलको घोष‌णा गरेपछि नैतिकताको आधारमा पनि माओवादीले सरकार छाड्नुपर्ने तर्क उठिरहँदा उपप्रधानमन्त्री समेत रहेका महरा झण्डा नभएको गाडीमा प्रधानमन्त्रीलार्इ भेट्न जानुलार्इ महत्वका साथ हेरिएको छ । यद्यपि उनीहरुबीच के के कुरा भयो भन्ने विषयमा भने केही पनि कुरा बाहिर ल्याइएको छैन । 

उनको सचिवालयमा यस विषयमा कुराकानी बुझ्दा झण्डावाला गाडी विग्रिएकोले उनी अर्कै गाडीमा प्रधानमन्त्री भेट्न पुगेको स्पष्ट पारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ