arrow

लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठक बस्यो, निधि संयोजक चुनिए

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
bimalendra-nidhi.png

काठमाडौं । नेपाली काँग्रेस सहितका ६ दल सम्मिलित लोकतान्त्रिक राष्ट्रवादी प्रगतिशील गठबन्धनको पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ । विहान बसेको बैठकमा सबै दलका प्रतिनिधिहरुले आ आफ्ना विषयहरु प्रस्तुत गरेका छन् । 

बैठकले शान्तिप्रक्रिया र संविधान कार्यान्वयनको काम बाँकी नै रहेको अवस्थामा शान्तिप्रक्रियाको एउटा मुख्य हिस्सेदार पार्टी माओवादीले यताउती मन डुलाएको विषयमा चिन्ता व्यक्त गरेको नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।  

शुक्रबार हाम्राकुरासँग संक्षिप्त कुराकानी गर्दै खड्काले बैठकमा चुनावमा कसरी जाने ? सिटको तालमेल कसरी गर्ने, निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरु लगायतका बारेमा 
सबै दलका प्रतिनिधिले स्पष्ट रुपमा कुराकानी राखेको र अबको बैठकमा थप छलफल गर्ने सहमति भएको प्रतिक्रिया दिए । 

उक्त कार्यदलले काँग्रेस पूर्व महामन्त्री विमलेन्द्र निधिलाई संयोजक तोकेको छ । अब कार्यदलको बैठक अपराह्न ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको खड्काले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ