arrow

एनआरएन मध्यपुर्बमा आरके शर्माको बलियो दाबेदारी

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
nrn-dubai.jpg

युएई। गैर आबासिय नेपाली संघ, अन्तरास्ट्रिय समन्वय परिषद (एनआरएनए, आईसीसी) को मध्यपुर्ब क्षेत्रको सँयोजक पदमा कतारका राजेन्द्र कुमार (अरके) शर्माले बलियो दाबेदारी प्रस्तुत गरेका छन्। शर्माले केही दिन अघी १४ बुँदे घोषणा पत्र जारी गर्दै मध्यपुर्ब सँयोजक पदमा उम्मेद्बारी घोषणा गरेका थिए। उनी सँगै साउदी अरबका धरम केसीले पनि सँयोजक पदमा उम्मेद्बारी घोषणा गरेका छन्। शर्मा बर्तमान आईसीसी सदस्य हुन भने धरम केसी बिभिन्न टास्क फोर्समा बसेर काम गरिसकेका ब्यक्तित्व हुन्।

मध्यपुर्बका खाडी राष्ट्रहरु युएई, कतार, साउदी अरब, ओमान, बहराइन र कुबेत लगायतका मजदुरहरुको समस्यालाई बुझ्ने र सम्बोधन गर्न सकेन ब्यक्तीको रुपमा आरके शर्मालाई लिन थालिएको छ। केसी भन्दा शर्मालाई बलिया उम्मेद्वारको रुपमा हेर्न थालिएको छ।

पछिल्लो चरणमा शर्मा खाडी क्षेत्रमा निकै नै सकृय देखिन्छन। उनी कतारका नेपाली ब्यवसायी हुन्। शर्माले जारी गरेको १४ बुँदे प्रतिबद्दता सहितको घोषणा पत्र सार्वजनिक गर्दै आफ्नो उम्मेद्बारी घोषणा गरेका थिए। ईराक, जोर्डन र लेबनान लगायतका दुताबास नभएका मुलुकहरुमा नियमित भ्रमण गरी समस्या समाधानमा जोड दिने शर्माले घोषणा पत्रमा बताएका छन। उनले मध्यपुर्बबाट पर्यटन प्रबर्दनमा लागिपर्ने प्रतिबद्दता जाहेर गरेका छन।

शर्माले मध्यपूर्वमा रहेका नेपालीहरुले कुनै समस्या पर्दा वा आपतकालिन अवस्था आउँदा त्यसबारे सिधा जानकारी दिनसक्ने व्यवस्था गर्न एनसीसीहरुमार्फत हटलाइन टेलिफोन सेवा उपलब्ध गराउने पहल गर्ने लगायतका घोषणा पत्रमा समेटिएका छन। पछिल्ला दिनहरुमा शर्माको सकृयता बढे सँगै खाडीमा एनआरएनको अबको नेता शर्मा हुने अनुमान गर्न थालिएको थियो।


एनआरएनको अन्तरास्ट्रिय सम्मेलन अक्टोबर १४ देखी १६ तारिक सम्म काठमाँडौ हुँदैछ। सम्मेलनमा विश्वभरका ७५ भन्दा बढी मुलुकका एनआरएनहरुको उपस्थिती हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ