arrow

विवेकशील साझाबाट काठमाडौं एकमा रविन्द्र मिश्रको चर्चा !

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
rabindra_mishra.jpg

काठमाडौं। नेपाली राजनीतिमा गठबन्धनको पारो चढिरहेको बेला कोहीसँग पनि गठबन्धन नगर्ने घोषणा गरेको विवेकशील साझा पार्टीमा पनि उम्मेद्वारीको चहपहल शुरु भएको छ। 

विवेकशील साझाले आफ्नो उम्मेद्वारको अन्तिम निर्णय गरिनसकेको भए पनि केही अनुमानहरु बाहिर आउन थालेका छन्। पार्टीका प्रमुख व्यक्तिहरु रविन्द्र मिश्र, उज्वल थापाले पनि उम्मेदवारी दिने चर्चा चल्न थालेको छ। 

संसदीय र प्रान्तीय निर्वाचनमा विवेकशील साझाले सबै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेद्वार दिने मनासाय बनाएको श्रोतले बताएको छ। उज्वल थापाले यसअघि दोस्रो संविधानसभामा काठमाडौं पाँच नम्बर क्षेत्रबाट उम्मेदवारी दिएका थिए भने यसपाली पनि उनले पाँच नम्बर क्षेत्रबाटै उम्मेदवारी दिने सम्भावना रहेको छ। 

पत्रकारिता क्षेत्रबाट राजनीतिमा आएका रविन्द्र मिश्रले पनि प्रत्यक्ष उम्मेद्वारी दिने चर्चा चल्न थालेको छ। उनले काठमाडौं क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिने चर्चा चलेको हो। काठमाडौं एकका शिक्षित मतदाताहरुलाई आकर्षित गर्न खासै गाह्रो नहुने तर्कका साथ बहस अघि बढेको श्रोतले जनाएको छ। 

मिश्रले काठमाडौं तीनबाट प्रत्यक्ष उम्मेदवारी दिने मनसाय बनाएका थिए। तर उनलाई काठमाडौं तीन भन्दा काठमाडौं क्षेत्र नम्बर एकमा बिजयी हुन सजिलो हुने बताइएपछि त्यस बारेमा पार्टीमा मन्थन भइरहेको बताईएको छ। 

रविन्द्र मिश्र प्रत्यक्षमा उठ्नु भन्दा पनि समानुपातिकमा रहेर पार्टीको प्रचारमा देशव्यापी लाग्नु पर्ने विषयमा पनि पार्टीभित्र मन्थन भइरहेको बताइएको छ । रविन्द्र मिश्र जस्तो व्यक्तित्वले पुरै देश-दौडाहामा जाँदा पार्टीलाई फाईदा हुने तर्क छ। देशैभरीबाट उम्मेदवारी दिने भए पछि पार्टीका प्रभावशाली नेताहरुले देश दौडाहा गर्दा पार्टीलाई बढी फाईदा हुने तर्क रहेको छ। विवेकशील साझाले यस अघि सोही क्षेत्रबाट उम्मेदवार भएका गोविन्द नारायणलाई उमेदवार बनाउने चर्चा पनि छ ।

विवेकशील साझामा भैरहेको बहसको निचोड चाँडै सार्वजनिक हुनेछ। स्थानीय निर्वाचन अन्तर्गत काठमाडौं महानगरको मेयर र उपमेयरमा उल्लेख्य मत प्राप्त गरेको विवेकशील साझाले महानगरका वडाहरु मात्र रहेको काठमाडौं एक नम्बर क्षेत्रमा को उम्मेदवार उठाउला भन्ने हेर्न भने केही समय कुर्नै पर्ने हुन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ