arrow

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा वान टु वान वार्ता

प्रचण्डको माया प्रेम ओलीसँग खुसुक्क भेटघाट देउवासँग !

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
Deuba-prachanda.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएको छ । शुक्रबार साँझ अकस्मात बालुवाटार पुगेका प्रचण्ड र देउवाबीच साँझ सात बजेसम्म बैठक चलिरहेको छ । 

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको केही मिनेटमा नै प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए । अहिले उनीहरुबीच वान टु वान वार्ता चलिरहेको छ । दिउँसो माओवादी नेता कृष्ण बहादुर महराले पनि देउवासँग भेटघाट गरेका थिए । 

साँझमा भेट्न आएका प्रचण्डलाई देउवाले केन्द्रीय समिति बैठकका निर्णयहरु सुनाएको स्रोतले जनाएको छ । सत्ता साझेदारी रहँदारहँदै प्रतिपक्षी एमालेसँग गठबन्धनमा जोडिएपछि माओवादीप्रति काँग्रेस नेताहरु असन्तुष्ट भईरहेको बेला माओवादीका दुई शिर्षस्थ नेताहरुले प्रधानमन्त्री देउवासँग भेट गर्नुलाई महत्वपूर्ण रुपमा लिईएको छ । एमालेसँग चुनावी र पार्टी एकता गर्ने भनेर मायाप्रेम साँटेका प्रचण्डले साँझमा खुसुक्क भेटभने देउवासँग बढाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ