arrow

गठबन्धनमा जोडिएका एमाले र माओवादीको एउटै समयमा आ-आफ्नै बैठक

logo
प्रकाशित २०७४ असोज २१ शनिबार
uml-mao.jpg

काठमाडौं । गठबन्धनमा जोडिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एउटै समयमा आ आफ्नो बैठक बोलाएको छ । शनिबार विहान ११ बजेको लागि नेककपा माओवादीले स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको छ भने माओवादी केन्द्रले पोलिटब्यूरो बैठक राष्ट्रिय सभागृहमा बोलाएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् । 

दुबै पार्टीले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको टुंगो लगाउने र बाम गठबन्धनमा के के विषयमा आफ्नो अडान कायम राख्ने भन्ने विषयमा छलफल हुने सम्बन्धित दलका नेताहरुले जानकारी दिएका छन् । 

गत मंगलबार पत्रकार सम्मेलन गरेर गठबन्धनमा जोडिएको घोषणा गरेका यी दुई दलले संयुक्त रुपमा घोषणापत्र तयार गर्ने र ६० र ४० प्रतिशतको भागवण्डामा उम्मेदवार उठाउने विषयमा सहमति गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ