arrow

दुर्घटनामा परी किर्गिस्तानका उपप्रधानमन्त्रीको निधन

logo
प्रकाशित २०७४ असोज २१ शनिबार
kyrgyzstan-deputy-pm.jpg

विसकेक। किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ। एक राजमार्गमा गुडिरहेको उहाँको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ।

स्थानीय समयानुसार शनिबार विहान करिब ७.३० बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ। उपप्रधानमन्त्री झुमाकादिरोभ र उनको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिररहनु भएको थियो। उहाँहरु दुबै जनाको भने दुर्घटना स्थलमा मृत्यु भएको बताइएको छ।

गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो। उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षको थिए। उन गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो। रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ