arrow

नेदरल्याण्ड विश्वकप फुटबलमा छनोट नहुने पक्का, फ्रान्स र स्वीडेन छनोट नजिक

logo
प्रकाशित २०७४ असोज २२ आइतबार
holland.jpg

काठमाडौं । रुसमा अर्को वर्ष हुने विश्वकप छनोट फुटबलमा चर्चित टिमहरु बाहिरिने क्रम सुरु भएको छ । युरोपेलि क्षेत्रबाट समुह ए बाट नेदरल्याण्ड बाहिरिने पक्का भएको छ । 
६ टिम सहभागी समुहबाट शिर्ष स्थानमा रहने टिम सिधै छानिने छ भने दोस्रो स्थानमा रहने टिमले प्लेअफ खेल्न पाउने छ । 
शनिबार राति भएको खेलमा फ्रान्सले बुल्गेरियालाई १–० ले रोक्यो । नेदरल्याण्डले बेलारुसलाई ३–१ ले हरायो । 
स्वीडेनले लग्जेम्बर्गलाई ८–० को विशाल अन्तरले हरायो । मार्कस बर्ग एक्लैले ४ गोल गरे । 
एक खेल खेल्न बाँकी छँदा फ्रान्सको २० अंक छ । स्वीडेनको १९ अंक छ भने नेदरल्याण्डको १६ अंक छ । अन्तिम खेलमा स्वीडेन र नेदरल्याण्ड भिड्ने छन् । 
नेदरल्याण्डले स्वीडेनलाई कम्तीमा ७ गोलको अन्तरले हराउनु पर्नेछ । जुन सम्भव छैन । अन्तिम खेलमा फ्रान्सले बेलारुससंग खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ