arrow

१४ वर्षे बालिकालाई कालोमोसो दलेको अभियोगमा ७ जना पक्राउ

logo
प्रकाशित २०७४ असोज २२ आइतबार
Morang_District.png

विराटनगर । बालिकालाई कालोमोसो दलेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बेलबारी–२ बस्ने ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीया अनिता दनुवार, ४० वर्षीया दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीया हर्कमाया थापा, ५२ वर्षीया मनकुमारी तामाङ र २७ वर्षीया वीरजङ्ग परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनीहरुले बेलबारी–२को देवीथान डाँडा बस्ने हेमकुमार परियारकी १४ वर्षीया छोरी सम्झनालाई अनुहारमा कालोमोसो दल्नुका साथै ‘यो चोर्नी’ हो भन्ने ट्याग समेत लगाइदिएर सो क्षेत्रमा परिक्रमा गराएका थिए । 

गत १९ गते अनिता दनुवारको घरभित्रको खाटमा राखिएको पर्सबाट रु ७०० ती बालिकाले चोरी गरेको आरोप उनीहरुको थियो । 

प्रहरीले उक्त घटनाको खबर पाउनासाथ बालिकालाई उद्धार गर्नुका साथै तीनजनालाई पक्राउ गरेको र अनुसन्धानपश्चात् थप चारजनालाई पक्राउ गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ