arrow

एमाले जुम्लाबाट १० जनाको नाम सिफारिस

logo
प्रकाशित २०७४ असोज २२ आइतबार
cpnuml.jpeg

जुम्ला। आसन्न मंसिर १० र २१ गते दुई चरणमा हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चुन्न नेकपा एमालेबाट १० जनाको नाम सिफारिस गरिएको छ। प्रदेश सभा सदस्यको प्रत्यक्ष उम्मेदवारका छनोटका लागि क्षेत्र नं १ बाट तीर्थबहादुर बुढा र क्षेत्र नं २ बाट पदमबहादुर रोकायाको नाम सिफारिस गरिएको छ। त्यस्तै क्षेत्र नं १ बाट समानुपातिक उम्मेदवार गंगा महत, आदिप्रसाद न्यौपाने र क्षेत्र नं २ बाट देवु शाही र देवु गिरीको नाम सिफारिस गरिएको नेकपा (एमाले)का नेता पदमबहादुर रोकायाले जानकारी दिए।

त्यसैगरी, एक क्षेत्र रहेको संघको प्रत्यक्ष उम्मेदवारमा धीरेन्द्र गिरी र गोर्खे सार्की, समानुपातिकमा कालिबहादुर रोकाया र हिमाली खत्रीलाई उम्मेदवारका लागि सिफारिस गरिएको नेकपा एमाले जुम्लाले जनाएको छ।

उम्मेदवार सिफारिसमा पार्टीभित्रको असन्तुष्ट पक्षले अहिले पनि विरोध गरिरहेको परिषद् सदस्य रोकायाको भनाइ छ। अहिले नाम सिफारिस भए पनि एकताबाट प्राप्त निर्देशनअनुसार मान्नुपर्ने एमालेका जिल्ला नेता धीरेन्द्र गिरीले बताए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ