arrow

पत्रकार महासंघद्वारा आयोजित अन्तराष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौंमा

logo
प्रकाशित २०७४ असोज २२ आइतबार
FNJ-logo.jpg.jpeg

काठमाडौं । नेपाल पत्रकार महासंघको वाक् स्वतन्त्रताको प्र्रवद्र्धन तथा मिडियामार्फत् सीमान्तकृत वर्गको उत्थान गर्ने विषयमा अन्तराष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु हुँदैछ । दुईदिनसम्म चल्ने सो सम्मेलनमा नेपालसँगै भारत, पाकिस्तान र बंगलादेशबाट आएका पत्रकारहरुले सहभागिता जनाउँदैछन् । 

इन्टरनेशनल अलर्टसँगको सहकार्यमा सोमबार विहान ८ बजे काठमाडौंको दरबारमार्ग स्थित होटल अन्नपूर्णमा हुने सम्मेलनको उद्घाटन सभामुख ओनसरी घर्ती मगरले गर्दैछिन् । दुईदिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएपछि नेपालका विभिन्न जिल्लाबाट आएका पत्रकारहरुलाई अनुसन्धामूलक तालिम समेत दिईनेछ । 

सम्मेलनमा पत्रकार, प्राज्ञिक क्षेत्र, नीति निर्माताले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका विविध पक्षबारे छलफल गर्ने छन् । सम्मेलनमा कठीन अवस्थामा रिपोर्टिङ, पत्रकारको सुरक्षा, सेल्फसेन्सरसीप, अल्टरनेटिभ मिडियामा विभिन्न समुदायको आवाज, मिडियामा महिला, सम्पादकीय स्वतन्त्रता, समावेशी मिडिया, मिडिया र प्राकृतिक विपद् लगायतका विषयका विविध आयामबारे छलफल हुनेछ । 

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लोकतान्त्रिक व्यवस्थामा मात्रै लेख्ने स्वतन्त्रता र सबैका आवाजले स्थान पाउन सक्ने भन्दै त्यसलाई प्रवर्द्धन गर्न मिडिया सम्मेलन गर्न लागेको बताए । इन्टरनेशनल अलर्टका नेपालका प्रतिनिधि रविना श्रेष्ठले सम्मेलनले पत्रकारले सामना गरेका सुरक्षा चुनौतीलाई घटाउन, प्रेस स्वतन्त्रता र विविधताका लागि सम्मेलनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ