arrow

बल्ल तातियो सरकार, बाढी–पहिरो पीडित किसानका घर-घरमा राहत

logo
प्रकाशित २०७४ असोज २२ आइतबार
rahat_4.jpg

काठमाडौं । दशैँ सकिएसँगै सरकारले बाढी–पहिरोबाट कृषि क्षेत्रमा क्षति भएका पीडितलाई राहत वितरणको काम सुरु गरेको छ ।

आइतबारदेखि नै सरकाले बाढी, पहिरो र डुवानबाट प्रभावित ३० जिल्लामा राहत पठाउने काम सुरु गरेका हो । कृषि मन्त्रालयका वरिष्ठ अर्थ विज्ञ मणीरत्न अर्यालका अनुसार कृषि विभागबाट सोमबारसम्म प्रभावित जिल्लामा राहत पठाउने काम सकिने छ ।

अर्थ मन्त्रालयले कृषि क्षेत्रमा क्षति भएका कृषकहरुको लागि १ अरब २५ करोड ५६ लाख ६० हजार रकम विनियोजन गरेको छ । सो रकम कृषि विभागबाट प्रत्येक जिल्ला कृषि विभाग कार्यालयमा पठाइने छ । कृषकको क्षतिको विवरण हेरेर मात्रै जिल्ला कृषि विकास कार्यालयले कृषकलाई राहत वितरण गर्ने अर्यालले बताए ।    

सरकारले धनुषाको कृषि क्षेत्रमा सबै भन्दा धेरै क्षति भएको भन्दै राहत पनि सबै भन्दा धेरै रकम विनियोजन गरेको छ । धनुषामा १६ करोड ३२ लाख ५२ हजार बजेट विनियोजन गरिएको छ । बाग्लुङ १८ लाख ४६ हजार, बैतडी १७ लाख ५० हजार, बाँके ३ करोड ७४ लाख ६५ हजार, बारा ६ करोड ३७ लाख, बर्दिया ६ करोड १ लाख ३९ हजार, चितवन १ करोड ५० लाख ८९ हजार, दाङ १ करोड ६८ लाख २२ हजार, दार्चुला २३ लाख ७१ हजार र  डोटीमा २५ लाख राहात रकम विनियोजन गरिएको छ ।

यस्तै गुल्मीमा ५८ लाख ८७ हजार, झापा १२ करोड १५ लाख १४ हजार, कैलाली २ करोड ५८ लाख ६० हजार, कास्की १९ लाख ८३ हजार, ललितपुर १ करोड १९ लाख २२ हजार, महोत्तरी १२ करोड ७९ लाख ३४ हजार, मोरङ ५ करोड ४२ लाख ५३ हजार, नवलपरासी १ करोड ६ लाख १८ हजार, पर्शा १ करोड १० लाख ५५ हजार, रामेछाप ५७ लाख ६१ हजार, रसुवा १ करोड ८५ लाख ८ हजार, रौतहट ११ करोड ४० लाख ४२ हजार, रुपन्देही ८५ लाख ३४ हजार,सप्तरी ६ करोड ६ लाख ३० हजार, सर्लाही १० करोड २५ लाख ६३ हजार, सिराहा ६ करोड २६ लाख ११ हजार रकम विनियोजना गरिएको  कृषि विभाग अन्तर्गतको योजना शाखाले जनाएको छ ।

यस्तै, सुनसरी ५ करोड ४६ लाख ७५ हजार, तनहुँ १ करोड ६ लाख ८७ हजार, बझाङ २९ लाख ५१ हजार र कविलबस्तु जिल्लामा १ करोड ७० लाख ६१ हजार विनियोजन गरिएको बताइएको छ ।

कृषि विभागको दैवि प्रकोप राहात तथा व्यवस्थापन शाखाका शिव सुन्दर घिमिरका अनुसार कृषि क्षेत्रमा ५ अरब ८४ करोड ८९ लाखको क्षति भएको छ । बाढी पहिरो र डुवानको कारण सबै भन्दा धेरै धानबालीमा क्षति भएको छ ।

२५ हजार ६ सय ३२ हेक्टर खेती योग्य जमिनमा लगाईयो धाँन बाली नोक्सान भएको छ । यस्तै तरकारीमा ७ हजार १ सय ६० हेक्टर, मकै २ हजार ५ सय ६७ हेक्टर माछा २ हजार ५ सय ८२ दलहन १ हजार ७ सय १९ हेक्टर, केरा ३ सय १४ हेक्टर र तेलहल १ सय ५५ हेक्टर, वेसार २ सय १० हेक्टर गरी जम्मा ४० हजार ३ सय ३९ हेक्टर जमिनमा लगाईएको अन्न तथा बालीमा क्षति पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ