arrow

पाल्पाको ग्रामीण सडक उद्घाटन

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ असोज २२ आइतबार
palpa-road.jpg

पाल्पा। माथागढी गाँउपालिका अन्तरगत चिदिपानीको धैरेनी बाट ब्यादी जोड्ने मोटरबाटोको उद्घाटन  गरिएको छ। प्रमुख अतिथि  जिल्ला समन्वय समितिका सभापति दयाराज बस्यालले  रिवन काटेर बाटोको उद्घाटन गरेका हुन्।

बाटो उद्घाटन गदै प्रमुख अतिथी बस्यालले अब ग्रमीण क्षेत्रका जनता उत्पादन मूलक कार्यमा लाग्नु पर्ने सयम आएको बताएका छन्। ग्रामीण क्षेत्र लाई यतिखेर सडक सञ्जालले जोडी सकेको अवस्थामा त्यसैले ब्यवसायिक कृषि, पशुपालन  ब्यवसायी तर्फ उन्मुख भए मात्र सडक सञ्जालले जोडिएको सार्थकता लाई प्राप्त गर्न  सकिने सभापति बस्यालले  दावी गरे। कार्यक्रममा बोल्दै  सभापति बस्यालले सडकमा सवारीका साधनहरु नियमित रुपमा गुड्ने भए पछि सडकलाई आय मूलक कार्यमा उपयोग गर्न स्थानीय बासिन्दा लाई आग्रह गरे। 

मोटर बाटो उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि तथा गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले यस्ता विकास निर्माणका योजना देखी जनता लाई समुन्नत बनाउने योजना गाउँपालिका बाट हुने भएकोले कृषकहरु निर्वाह मूखी भन्दा व्यवसायमूखी बन्नु पर्नेमा जोड दिए। 

१८ लाख ६४ हजार रुपैयाँको लागतमा निर्मित मोटरबाटो, उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य रामेश्वर पन्थी, वडा सदस्य हिरा बहादुर रेस्मीले बोल्दै  गाउँको विकासका ढोका अव खुलेकोले जनप्रतिनिधि सँग समन्वय गरेर अगाडी बढ्न स्थनीय वासिन्दालाई  आग्रह गरे। 

 पाल्पा-बुटवल सडक खण्डको विकल्पको खोजी 
बुटवल-पाल्पा सडक खण्ड अन्तरगत पर्ने दोभान सिद्धाबाबा सडकको जिल्ला समन्वय समिति , नगरपालिका , गाँउपालिका र उद्योग वाणिज्य संघले विकल्प खोजी गरेको छ। जिल्ला समन्वय समितिको आयोजनामा आईतवार तानसेनमा बसेको संयुक्त बैठकले विकल्प खोजेको हो।

जिल्लाको ८ वटा गाउँपालिकाका अध्यक्ष तानसेन नगरपालिका , रामपुर नगरपालिका को अध्यक्ष तथा प्रमुख पाल्पा उद्योग वाणिज्य संघ, जिल्ला वन कार्यालय, सडक कार्यालयको प्रतिनिधिहरुको सहभागीता रहेको थियो। बैठकले बुटवल देखी चरङ्गे, दोभानको ज्यामिरे हुदै झूम्सा सडक निर्माण कार्य तत्काल अगाडी बढाउने निर्णय गरिएको रैनादेवी गाँउपालिका का अध्यक्ष राम बहादुर कार्कीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ