arrow

नयाँ शक्तिका नुवाकोट संयोजक काँग्रेसमा प्रवेश गर्दै, भन्छन् "सूर्य भन्दा त रुखै प्यारो'

logo
प्रकाशित २०७४ असोज २२ आइतबार
krishna_kuikel.jpg

नुवाकोट । एक वर्ष अघि नेपाली काँग्रेसबाट नयाँ शक्ति पार्टीमा प्रवेश गरेका नयाँ शक्ति पार्टी नुवाकोटका संयोजक कृष्ण कुर्इँकेल फेरि नेपाली काँग्रेसमा फर्किँने तयारी गरेका छन् । उनी निकट स्रोतका अनुसार उनी एकदुई दिनमा नै नेपाली काँग्रेसमा प्रवेश गर्ने तयारी गरिरहेका छन् ।

उनले आफ्ना निकट स्रोतलाई नयाँ शक्ति बाम गठबन्धनको नाममा एमालेको सूर्य चिह्नबाट लड्ने निर्णय गरेपछि त्यो भन्दा त रुख नै प्यारो भन्दै उनी काँग्रेसमा नै फिर्ता हुन लागेका हुन् । कुईँकेल काँग्रेसमा फर्कने मनस्थितीमा पुगिसकेको नुवाकोट नयाँ शक्ति पार्टीका एक नेताले समेत प्रतिक्रिया दिए । 

पार्टी गठबन्धनमा जोडिएसँगै नयाँशक्ति पार्टी पनि सूर्य चिह्नमा चुनाव लड्न राजी भएपछि यसैगरी नयाँ शक्तिका असन्तुष्ट नेताहरु समेत यसरी नै अन्य पार्टीमा जान थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ