arrow

नयाँ शक्तिको उपस्थितिविनै वाम गठन्धनको सिट बाँडफाँट कार्यदल बैठक

logo
प्रकाशित २०७४ असोज २२ आइतबार
gathabandhan.JPG

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँशक्तिले पाउने सिटको प्रतिशत प्रष्ट नहुँदा एकता संयोजन समितिको निर्वाचन क्षेत्र बाँडफाँट कार्यदल अप्ठेरोमा परेको छ ।

नयाँशक्तिबाट यो कार्यदलमा गंगानारायण श्रेष्ठ सम्मिलित छन् । २१ असोजसम्म सिट बाँडफाँट सम्बन्धी सुझाव कार्यदलले तीनै पार्टीको नेतृत्वलाई प्रतिवेदन दिने भनिएपनि एमाले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गठित कार्यदलको बैठक नयाँशक्ति पार्टीका प्रतिनिधि सहित बस्न सकिरहेको छैन । त्यो कार्यदलमा एमालेको तर्फबाट पोखरेल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन् ।

एमाले र माओवादी केन्द्रबीच ६०–४० को अनुपातमा सिट बाँडफाँट गर्ने सहमति भएपनि नयाँशक्तिले कति पाउने भन्ने यकिन नहुँदा  नयाँशक्ति विना नै कार्यदलको बैठक बसिरहेको छ । नयाँशक्तिका नेता श्रेष्ठले  ‘नयाँशक्तिले पाउने प्रतिशत टुंगो लागेपछि मात्र कसले कहाँ पाउने भन्ने निर्णय गर्न सहज हुन्छ । तर, नेतृत्वले त्यही कुरा टुङ्ग्याउन नसक्दा एमाले र माओवादी केन्द्रको मात्रै बैठक भइरहेको छ, भनेका छन् ।
यसअघि एकता संयोजन समितिमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँशक्तिका संयोजक बाबुराम भट्टराई सहितको बैठकमा नयाँशक्तिको तर्फबाट १५ प्रतिशत दिनुपर्ने प्रस्ताव आएको थियो ।

त्यसमा एमाले र माओवादी केन्द्र दुवै सहमत भएनन् । त्यसपछि शनिबार तीनै शीर्ष नेताको बैठक बसेर टुंग्याउने सहमति भएको थियो । अहिलेसम्म त्यो विषय टुंगो लागेको छैन ।

उता, नयाँ शक्तिका नेता डम्बर खतिवडा सम्मिलित घोषणापत्र मस्यौदा कार्यदलमा भने धमाधम काम भइरहेको छ । खतिवडाले भने, ‘हाम्रो कार्यदलमा धमाधम काम भइरहेको छ । सबै उपस्थित भएका छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ