arrow

ओम बहादुर खाँणको हत्याको पुनः अनुसन्धान 

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ असोज २३ सोमबार
Killed.jpeg

पालपा। एक महिना अगाडी रामपुरमा घटेको घट्नाको थप अनुसन्धानको लागि प्रादेशीक प्रहरी कार्यालयको टोली आईतवार पाल्पा आईपुगेको छ। गत भदौ १७ गते रामपुरका युवा ओम बहादुर खाँणको हत्यामा  संलग्न आरोपितहरु प्रति जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले फितालो अनुसन्धान गरी जिल्ला अदालतबाट समान्य धरौटीमा छुटेपछि प्रादेशीक प्रहरी कार्यालय दाङ्गको टोली पाल्पा आएको हो। 

खाँणको हत्यामा संलग्न भएको अभियोगमा रामपुरमा घर रङ्ग रोगनको काम गर्दै आएका कविलवस्तुका कृष्ण कमल चौधरी र रामपुरकै मुख्या योजनाकार गंगी थापा , उनकी बहिनी  गुन केशरी दर्लामीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई अदालतको आदेश पछि सामान्य धरौटीमा छाडिए पछि मृतक तथा पिडितका आफन्ताले हत्याको मुद्धा कमजोर बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय घेराउ गरि रामपुरमा विरोध प्रर्दशन गरेका थिए। 

पिडितको आग्रहमा प्रादेशीक प्रहरी कार्यालयको प्रमुख मिङमार लामाको निर्देशनामा अनुसन्धानका लागि टोली पाल्पा आएको हो। डेरामा बसेका खाँणलाई बेलुका हत्या गरेको विषयमा घट्नामा संलग्न भएका ब्यक्तिलाई कानुनी कठघारामा उभ्याउनुको सट्टामा धरौटीमा छुट्ने गरी मुद्धा कमजोर बनाउनु लाई आर्थिक लेनदेन तथा चलखेलको आशाङ्कामा अतिरिक्त प्रहरी महा निरिक्षकको निर्देशनमा पुन अनुसन्धानको प्रक्रिया अगाडी बढाउन लागिएको हो। 

प्रहरी सोतका अनुसार उक्त घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मलाई नै अनुसन्धानको दायरमा ल्याईने भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ