arrow

गौचनको हत्याबारे चेम्बरको विज्ञप्ती 'यो घटनाले वैदेशिक लगानी प्रभावित हुनसक्छ'

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
nepal_chember.png

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि भएको गोली प्रहारको नेपाल चेम्वर अफ कर्मसले घोर भत्सर्ना जाहेर गरेको छ । सोमबार दिउँसो शान्तिनगरमा उनीमाथी गोली प्रहार भएसँगै चेम्बरका कार्यबाहक महासचिव नीलकण्ठ चौलागाईद्वारा जारी विज्ञप्तीमा नेपालकै उत्कृष्ट निर्माण व्यवसायी स्व. गौचनमाथि दिनदहाडै गोली प्रहार गरी हत्या हुनुले सरकारको सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टी भएको जनाईएको छ ।

राजधानीको मुटु नयाँं वानेश्वरमा आफनै गाडीमा हिँडिरहेका व्यवसायीको हत्या हुनुले निर्माण व्यवयासीहरु मात्रै होइन, नेपालका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई नै मर्माहत तुल्याएको विज्ञप्तीमा भनिएको छ 'देशभित्र उद्योगी व्यवसायीको सुरक्षा नहुँंदा वैदेशिक लगानी समेत प्रभावित हुने र देशको आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने अवस्था देखापर्ने सम्भावना रहेकोले सुरक्षा व्यवस्था प्रति गम्भीर हुन नेपाल सरकारालाई अनुरोध गर्दछौं ।'

नेपाल चेम्वर अफ कमर्स दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग पनि गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ