arrow

सेनाद्धारा तीन कोठे भवन पुनःनिर्माण

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
army-bajura.jpg

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका ८ मा रहेको द्धारिका प्राविको भवन जिर्ण भएपछि समरजित गुल्मले तीन कोठे भवन पुनःनिर्माण गर्न थालेको छ । सदरमुकाममै बाउली खोलामा रहेको उक्त भवन  जिर्ण बन्दै गएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या देखिएको भन्दै नेपाली सेनाले उक्त भवन मर्मत गर्न थालेको हो गुल्मपति विष्णु सापकोटाले बताए ।

 नगरपालिका भित्रै रहेको प्राथमिक बिद्यालयको भवन निर्माणमा जुटेको नेपाली सेना बाजुराले जनाएको छ । नागरिक समाजसंग नेपाली सेना भन्ने मुल उद्देश्यले भवन मर्मत गर्न लागेको समरजित गुल्मका गुल्मपति विष्णु सापकोटाले, भने ।
    
सदरमुकाम बाट २ किलोमिटर टाढा रहेको द्धारीका प्राबिको भवन बडिमालीका नगरपालिका भित्र पर्ने गरेको भए पनी कसैले नगरेका स्थानीयले बताएका छन् ।  जिल्लामा शैक्षिक क्षेत्रमा काम गर्ने दर्जनभन्दा बढि सरकारी तथा गैरसरकारी संस्थाले काम गर्ने भए पनी सदरमुकाम नजिककै बिद्यालयमा कसैले सहयोग नगरेको द्धारीका प्राथमिक बिद्यालयका प्राधानाध्यापक अमर बिश्वकर्माले बताए ।
 
विद्यालयमा हाल २५ जना विद्यार्थी र दुई जना मात्र निजी क्षेत्रबाट पढाउने गरेको प्रअ वि.क.ले जानकारी दिनु भयो । भवन जिर्ण हुदा बस्नलाई बेन्च समेत नभएका हुदा पढाइमा समस्या हुने गरेको थियो । तर भवन मर्मत पछि विद्यार्थीलाई पठनपाठन गर्न सहज हुने वि.क.को भनाई रहेको छ ।

नगरपालिकाले नगर भित्रका विद्यालयको शैक्षिक स्तरोन्नती गर्ने भन्दै विद्यालय आवश्कयता हेरी समायोजन गर्ने नगरसभाले पारित गरेको छ । समुदायकै लागनीमा  संचालन भएको विद्यालयको भने सम्वन्धित निकयले कुनै चासो नदेखाएको अभिभावक मदन वि.क.ले बताउनु भएको छ ।

 गुल्मपति सापकोटा सह–सेनानीको नेतृत्वमा भवन निर्माण कार्यको भईरहेको छ । उहाले पहिले शिक्षालाई प्राथमिकता दिदै अन्य क्षेत्रमा समाज सेवा गर्दै जाने प्रतिवद्ध रहेको गुल्मपति सापकोटाको बताउनु भयो । विद्यालयको भवन मर्मत कार्यमा ३० जना भन्दा बढी नेपाली सेना रहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ