arrow

बागलुङ कालिकामा २० लाख भन्दा बढि भेटी संकलन

logo
नारायण रिजाल,
प्रकाशित २०७४ असोज २३ सोमबार
baglung-kalika-mandir(1).jpg

बागलुङ । जिल्लाकै ऐतिहासिक प्रसिद्ध शक्ति पिठ बागलुङ कालिका भगवती मन्दिरमा बडादशैँ अवधि भरको नवरात्रीमा २० लाख भन्दा बढि भेटी संकलन भएको छ । घटस्थापना देखि कोजाग्रत पूर्णिमा सम्मको अवधिमा भक्तजनहरुले चढाएको भेटी सहित परेवा, मुढ, अक्षेता, दान आदीबाट २० लाख ४२ हजार ३६ रुपैयां संकलन भएको कालिका भगवती गुठीले जनाएको छ ।सवैभन्दा बढि षष्ठी र महाअष्टमीमा आम्दानी संकलन भएको देखिन्छ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।  

असोज ५ गते घटस्थापनाका दिन ९१ हजार ९ सय ३१, ६ गते ९२ हजार ७५, ७ गते २ लाख २८ हजार ६ सय ३०, ८ गते १ लाख ४१ हजार १ सय ९०, ९ गते १ लाख ४० हजार २ सय, १० गते २ लाख ९२ हजार ९ सय १९, ११ गते २ लाख ३२ हजार ५ सय ३०, १२ गते २ लाख ५५ हजार ४ सय ५०, १३ गते १ लाख ९२ हजार ९ सय ७६ रुपैयां संकलन भएको थियो । १४ गते बिजयादशमीका दिन ३६ हजार ५ सय ५,
१५ गते १८ हजार ८ सय ५०, १६ गते ६८ हजार ७ सय ५०, १७ गते १ लाख ८ सय ४०, १८ गते ५८ हजार १ सय ५० तथा १९ गते कोजाग्रत पूर्णिमाको दिन ९१ हजार ४० जम्मा भएको थियो । कालिका भगवती गुठीका अनुसार यो बडादशैं अवधिमा जम्मा ९ लाख ६० हजार ६ सय ४० रुपैयां भेटी मात्र संकलन भएका अध्यक्ष खड्काले बताए ।  

नवदुर्गाको अवसरमा करिब ५ लाख भन्दा बढी भक्तजनहरुले दर्शन गरेका छन । स्वदेश तथा विदेशबाट आएका भक्तजनहरुले बलि सहित पाठ,पूजा र मन्दिर क्षेत्रको अवलोकन गरेका हुन । नवरात्रको हरेक दिन बिहानको सत्संग तथा भजन किर्तनमा पनि भक्तजनहरु सहभागी भएका थिए । लक्ष्य बक्ति प्रज्वलन, बिवाह, ब्रतबन्ध, ग्रह शान्ति आदी कार्यहरु पनि यो समयमा उल्लेख्य भएका अध्यक्ष खड्का बताए ।

कालिका भगवती मन्दिरमा गत बर्षदेखि परेवा बलि दिन रोक लगाइएको छ । शान्तिको प्रतिक रुपमा चिनिने परेवा बलि चढाउन नपाइने भएपछि मन्दिरमा भाकल पूरा गर्न आउनेबाट परेवा उडान्छ । उडाएका परेवाहरु अन्य भक्तजनहरुले विक्रि गरी उडाउने गर्दछन ।

कालिका मन्दिरको विशेष आम्दानीका रुपमा रहेको परेवाबाट यसपालीको दशैँमा  ६  सय २८ जोडी विक्रिबाट ६ लाख ५१ हजार २ सय रकम जम्मा भएको छ । ४ सय २९ वटा बोकाको मुढ बिक्रीबाट ३ लाख १५ हजार ३ सय ८३ रुपैयां संकलन भएको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ