arrow

गौचन हत्याका दोषीलाई आजीवन कारावास नभए सरकारविरुद्ध कडा संघर्ष

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
Jayeram.png

काठमाडौं । निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछानेले वर्तमान अध्यक्ष शरदकुमार गौचन हत्याका दोषीलाई आजीवन कारावास नभए सरकारविरुद्ध संघर्ष गर्ने बताएका छन् ।

काठमाडौंको शान्तिनगर प्रयागमार्गमा अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनलाई श्रद्धान्जी दिँदै उनले ‘यो शरद गौचनमाथिको मात्र प्रहार नभई नेपालको सिंगो अर्थतन्त्रलाई प्रहार हो । नेपालको सिंगो विकास निर्माण र निजी क्षेत्रमाथिकै प्रहार हो ।’

सरकारले शान्ति सुरक्षाको जिम्मा लिनु पर्छ कि पर्दैन भन्दै उनले अगाडि भने, ‘यो मुलुकमा ढुक्कका साथ कुना कन्दरासम्म विकास जाने कि नजाने । व्यवसायीहरुको सुरक्षा हुने कि नहुने ? सुरक्षाको प्रत्याभूति नभए विकासले कुन गति प्राप्त गर्छ ? म सरकारलाई सोध्न चाहन्छु ।’

सारा निर्माण व्यवसायीलाई सरकारले सुरक्षाको प्रत्याभूति देओस् । हत्यारालाई कडा भन्दा कडा कारबाही होस्, उनले अगाडि भने, ‘दोषीलाई आजीवन कारावासको सजाय होस् । नभए नेपालका सबै निर्माण व्यवसायी र निजी क्षेत्र एक भएर जस्तो सुकै संघर्ष गर्न तयार छौँ ।’ सरकार गम्भीर बनाेस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ