arrow

डा केसीको स्वास्थ्य खस्कदो, अक्सिजन दिन थालियो

logo
हाम्रा कुरा
प्रकाशित २०७४ असोज २४ मंगलबार
govinda-kc-kabadi-bed-ma-sutdai.jpeg.jpeg
तस्बिर : फाइल

काठमाडौं । प्रा डा गोविन्द केसीको १३ औं आमरण अनसनको पाँचौ दिन स्वास्थ्य स्थितिमा समस्या देखिएपछि उनलाई ‘अक्सिजन’ दिन थालिएको छ । 

डा केसीको शरीरमा अक्सिजनको मात्रा कम भएर सास फेर्न असजिलो भएपछि अक्सिजन दिन थालिएको हो । उनले हालसम्म सबैभन्दा बढी २३ दिनसम्म अनसन गरिसकेका छन् । 

केसीको स्वास्थ्य अवस्थाको निगरानी गर्न त्रिवि शिक्षण अस्पतालले गठन गरेको ७ सदस्यिय स्वास्थ्य उपचार समितिका अनुसार उनको रक्तचापमा समेत कमि देखिएको छ र पिसाबमा एसिटोन देखिएको छ । 

एसिटोन देखिनुको अर्थ शरीरमा संचित रहेको रहेको ग्लुकोज सकिएर जिउमा भएको बोसो पग्लिन थालेको संकेत हो । यसको अन्तिम अवस्था अन्तर्गत शरिरको वोसो समेत सकिएपछि मांशपेशीहरु टुक्रिन थाल्छन् । 

यति मात्र नभइ शरिरमा क्याल्सियम, पोटासियम, सोडियमम, म्याग्नेसियम लगायतका इलेक्ट्रोलाइटको मात्रा कम हुन थालेको छ । शरिरमा पोटासियम र म्याग्नेसियमको स्तर कम हुदा मुटूको चालमा असर पर्छ भने सोडियम र क्याल्सियम कम भए मस्तिष्कमा असर पर्ने, होस कम हुने तथा छारे देखिन सक्छ । 

यस्तो स्थितिमा मुटूको चालमा गडबडी भएर ‘कार्डियाक अरेष्ट’ सम्म हुन सक्ने सम्भावना रहन्छ । 

‘म्याग्नेसियम, क्याल्सियम, प्रोटिनको मात्रा समेत कम छ,’ केसीको उपचारमा संलग्न डा दिव्या सिंह शाहले भनिन्, ‘पटक पटकको अनसनले गर्दा यस्तो स्थिति देखिएको हुन सक्छ ।’ केसीलाई अनसनको तेस्रो दिनदेखि नै शुरु भएको मांसपेसी वाउडिने र रिंगटा लाग्ने समस्या अझै जारी छ । उनको शरिरमा पानीको कमि देखिएपछि नसावाट ‘नर्मल स्लाइन’ समेत दिन थालिएको छ । 

सरकारले दिएन चासो 

डा केसीको अनसन सोमबार पाच दिन भए पनि हालसम्म सरकारी पक्षले कुनै चासो देखाएको छैन । सरकार पक्षबाट वार्ताको कुनै प्रस्ताव नआएको केसीनिकटले बताएका छन् । 

सरकार आम नेपालीको स्वास्थ्य स्थिति उकास्नेसँग प्रत्यक्ष सरोकार राख्ने मागमा सम्वेदनशील नदेखिएको आरोप डा।केसीका प्रतिनिधिहरुले लगाएका छन ।

‘अनसन छैठो दिनमा प्रवेश गर्न लाग्दा समेत माग सम्वोधन वारे कुनै पहल नगर्नुले सरकारको असम्वेदनशीलता प्रष्ट रुपमा देखिन्छ’, डा।वाइपी सिहले भने, ‘केसीको ज्यानमा खतरा देखिए मात्र सरकार तात्न थाल्ने अवस्थामा अझै कायम छ ।’ (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ