arrow

व्यवसायी गौचनको हत्यारा अझै पत्ता लागेन, प्रहरीको अनुसन्धान तीव्र

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
gauchan.png

काठमाडौं । राजधानीमा दिनदहाडै गोली प्रहारबाट हत्या भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारा अझै पत्ता लागेको छैन । गौचनको सोमबार दिउँसो करिब ३ बजे शान्तिनगर, खरिबोट नजिकै हत्या भएको हो ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी मनोज नेउपानेले अनुसन्धान भइरहेको जानकारी दिँदै प्रहरीका सबै संयन्त्र लागिरहेको हाम्राकुरालाई बताए । 

उनले भने ‘अनुसन्धान समिति गठन भएको छ, प्रहरीका सबै निकाय सक्रिय भएर लागेका छन्, अनुसन्धान व्यूरो, अपराध महाशाखा, महानगरिय प्रहरी, उपत्यका प्रहरी सबै लागेका छन्, कुनै पिक्चर आइसकेको छैन, अनुसन्धानकै क्रममा छौं ।’

प्रहरीले गौचन हत्याको अनुसन्धान गर्न विशेष समिति गठन गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेरबहादुर बस्नेतको संयोजकत्वमा गठित समितिमा डीएसपी अजय केसी, अंगुर जिसी र इन्स्पेक्टर दीपेन्द्र अधिकारी सदस्य छन् । 

प्रहरीले सोमबार साँझ काठमाडौंको महाराजगञ्जबाट तीन जनालाई हतियारसहित पक्राउ गरेको थियो । प्रहरीले नियोजित रुपमै निकै तम्तयारीका साथ गोली प्रहार गरिएको देखिएको भन्दै निशानालाई ध्यानमा राखेर सार्प सुटर नै प्रयोग गरिएको दाबी गरेको छ । 

एमाले भ्रातृसंगठन युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रुपन्देही देवदहकै मनोज पुन समुहको संलग्नता रहेकोबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । 

प्रवक्ता नेउपानेले यसबारे पनि अनुसन्धान भइरहेको जानकारी दिए । यही नै समुह हत्यामा सहभागी भएको भन्ने बारे भने प्रहरीले अझै यकिन गर्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ