arrow

इलाममा २,१०,००० मतदाता, १७,२७१ थपिए

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
ilam_district_map.png

इलाम । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा दुई लाख १० हजार ५७५ मतदाता पुगेका छन् । 

जिल्ला निर्वाचन कार्यालय, इलामका अनुसार गत साउन १ गतेदेखि भदौै ३ गतेसम्म सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन कार्यबाट १७ हजार २७१ जना मतदाता थपिएका हुन् । 

निर्वाचन कार्यालयका अनुसार आठ हजार ७३८ पुरुष र आठ हजार ५३३ जना महिला मतदाता रहेका छन् । 

आगामी प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली दर्ता कार्य सञ्चालन गरेको थियो । 

फोटो खिचाउनेमा विदेशबाट फर्किएका युवा धेरै रहेको जिल्ला निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ