arrow

निर्माण व्यवसायीको सरकारलाई भोलि साँझसम्मको अल्टिमेटम

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
fcan.jpg

भक्तपुर । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् । 

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव देउजाले भोलि साँझसम्म सरकारले आफना मागहरु पुरा नगरेको अबस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माण लगायतका कामहरु ठप्प पार्ने बताए । अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैंसा माग्दै टेलिफोनहरु आईरहेको कारण महासंघका अन्य पदाधिकारीहरु पनि असुरक्षित रहेको उनले जानकरी दिए । 

सरकारले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्ध सहित अध्यक्ष गौचनको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा  ल्याउन आग्रह गरे । उनले भने सरकाले हत्याराको खोजीलाई तिव्रता दिएको छ यसको प्रतिफल छिट्टै निस्कने समेत आफूहरु आशाबादी रहेको बताए । हत्यामा संलग्न पक्राउ नभएसम्म टिचिङ अस्पतालमा पोष्टमार्टमका लागी राखिएको अध्यक्ष गौचनको शव नबुझने समते उनले चेतावनी दिए । यो घटना राजनीतिक नभई आर्थिक लेनदेनको कारण भएको हुन सक्ने अध्यक्षको हत्या पश्चात आफ्नो कमिटिका बिभिन्न पदाधिकारीलाई आएको फोनका साथै प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ