arrow

सांसद कमालले गरे कपिलवस्तुमा कमाल

बिकासका अभियन्ता बने कमाल

logo
खगेन्द्र प्रसाद चापागाई,
प्रकाशित २०७४ असोज २४ मंगलबार
samsad-kamal1.png

कपिलवस्तु । कपिलवस्तु जिल्लाको साबिकका पाँच निर्वाचन क्षेत्र मध्ये दोस्रो संबिधानसभा निर्वाचनमा सांसद अतहर कमाल निर्वाचित भए यता सो क्षेत्रको पुर्वाधार बिकास द्रुत छ । सांसदकै पहलमा कपिलवस्तुको पुर्वि क्षेत्रमा पर्ने साबिक निर्वाचन क्षेत्र नम्बर २ का अधिकांस बिकासका कार्य गरेको अवस्था भेटिएको छ । निर्वाचन क्षेत्रमा साना ठुला गरि दर्जनौ बढि सडक आयोजना, पञ्चायतकाल देखी चुनावी एजेण्डा बनाईने गरेका ठुला सिचाई आयोजना, खानेपानी, पुल पुलेसा, बिधालय, मन्दिर, मस्जिद लगायतका भौतिक पुर्वाधार बिकासका कार्य अघि बढाईएको हो ।

अहिले सो निर्वाचन क्षेत्रमा बर्षौ देखी अधुरा रहेका जनताका दैनिकीसँग जोडिएका कतिपय योजना निर्माण सम्पन्न भएका छन् भने कतिपय योजना निर्माण क्रममै छन् । कुनै बेला जिल्लाको पश्चिमी क्षेत्रका शाह र रजौरिया परिवार तथा सदरमुकाम क्षेत्रका स्वर्गिय माननिय भगवानदास लगायतका राजनितीका दिग्गजहरुको उपस्थिती हुदै गर्दा जिल्लाको पुर्वि क्षेत्र सधै बिकासबाट बंचित रहदै आएको थियो ।

 बिगतमा यसै क्षेत्रबाट निर्वाचन जितेका काँग्रेस नेता कमलेश कुमार शर्मा र तत्कालिन तमलोपाबाट निर्वाचित सांसद दानबहादुर चौधरी मन्त्री समेत नभएका होईनन । तर कोईराला परिवार सँगको नजिकका सम्बन्ध भएका शर्माले केहि बिकासका कार्य शुरु गरेको भए पनि सो क्षेत्रमा साखै बिकास हुन सकेन । अर्का नेता चौधरी बाबुराम भटराई नेतृत्वको मन्त्री मण्डलमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री समेत बने । तर बहुप्रतिक्षित पिपरा चाकलचौडा सडक बन्न सकेन । तर सो क्षेत्रका ठुला सडक योजना र भुताहा बाँध लगायतका सिचाई योजना चुनावी प्रतिबद्धतामा मात्रै सिमित रहेका थिए ।

पछिल्लो तीन बर्षमा सांसद कमाल निर्वाचित भए पश्चात धेरै बिकासका कार्य भएको सिसहनियाका बिरेन्द्र शुक्ला बताउछन  । सांसद कमालले निर्वाचन क्षेत्रको बिकासलाई जोड दिएर पुर्वाधार बिकासका अभियन्ता बन्न सफल भएको शुक्ला बताउछन । दोस्रो संबिधान सभा निर्वाचन यता सो क्षेत्रमा धेरै भौतिक पुर्वाधार बिकासका कार्य सगै सामाजिक शसक्तिकरणका कार्य सम्पन्न भएको मायादेबी गाँउपालिका फुलिकाका मेवालाल यादवको जोड छ । पिपरा–पकडी–चाकलचौडा सडक सधै चुनावी एजेण्डा मात्रै बनेको भए पनि सांसद कमालले सो आयोजना सम्पन्न गराई छोडेको यादव बताउछन । “ठुला आयोजना त गन्न सकिएला तर साना बिकासका आयोजना त कति कति ।” यादव भन्छन ।

मायादेबी गाँउपालिका २ अभिरावका तौवाब मुसलमानले नेता अतहर कमाल सभासद भए पछि पुस्ताले नर्बिसने बिकासका कार्य गरेको बताए ।  हुन पनि पछिल्लो ३ बर्ष यता करिब १८ करोड हाराहारी लगानीको पिपरा–पकडी–चाकलचौडा सडक, १५ करोड हारहारी लगानीको बहुबर्षिय योजनामा परेको पचेहरा–उचडिहवा–सोहसा–कोठिनदी सडक, २० करोड बढि लागतको लक्ष्मणघाट–जगदिशपुर–तिलौराकोट सडक, २१ करोड लागतको पचेहरा–बर्रोहिया–ुगहेरी सडक र ३५ करोड बढि लागतको पकडी–जयनगर पुरानो हुलाकी सडकको काम अगाडी बढेको छ । सांसद कमालकै पहलमा ३३ करोड लागतको चाकलचौडा–पिपरा–गौरा–सिसहनिया–तितिर्खी सडक, ३२ करोड लागतको दोहनी– शिवलवा–लबनी सडक, १५ करोड लागतको उचडिहवा–पकडी सडक, हरिबंशपुर देखी सोहसा हुदै राजमार्ग जोडने ६० करोड लागतको सडक निर्माणको कार्य अघि बढेको भेटिएको छ ।

 तत्कालिन अर्थमन्त्रीले तौलिहवा जितपुर सडकका लागी ५ करोड बजेट बिनीयोजन गरेको भए पनि प्रचण्ड सरकारको भौतिक योजनामन्त्री रमेश लेखकसँग कमालले पहल गरि सो सडकलाई ४० करोड बढिको लागतमा डबललेन बनाउन उनैको पहल रहेको थियो । बिश्व बैङ्कको सहयोगमा बन्न थालेको भैरहवा लुम्बिनी सडकलाई तौलिहवा सम्म बिस्तार गर्न समेत भौतिक योजना मन्त्रालयमा आफुले पहल गरेको सांसद कमाल बताउछन । आफनो निर्वाचन क्षेत्रमा सडक सञ्जाल जोडने मात्रै नभई पञ्चायत काल देखी चुवानी ऐजेण्डा बनाउने गरिएको १८ करोड बढि लागतको भुताहा बाँध, बराहा बाध, ५ करोड बढि लगानीको उडरहवा बाँध, सोही लागतको सुर्यबलिया बाँध, भुसडी बाँध लगायतका कार्य अगाडी बढेका छन भने केहि आयोजना सम्पन्न हुने क्रममा छन ।

 पछिल्लो तीन बर्षकै अवधीमा फुलिकामा मर्थी खोलामा पुल निर्माण अघि बढेको छ भने बनगाई मुगहरी जोडिने बेती नदी पुल निर्माणको डिपीआर तयार गरि ठेक्का प्रक्रिया शुरु हुने भएको छ । सो निर्वाचन क्षेत्रको साबिकका १६ बटै गाबिसमा खानेपानीका आयोजना शुरु गर्नुका साथै ५ वटा ओभरहेड निर्माणको कार्य अघि बढेको छ । निर्वाचन क्षेत्रका ३ वटा स्वास्थ्यचौकीको स्तरोन्नती गरिएको छन कनकमुनी माबिमा कृषी बिषयको प्राबिधिक शिक्षा शुरु गरिएको छ । उर्जा बचतको नितीलाई कार्यान्वयनकै लागी निर्वाचन क्षेत्रका १ सय बढि मन्दिर र मस्जिदमा सोलार प्यानल जोडिएको सांसद कमालले बताए ।  सो सगै बिधालय भवन स्तरोन्नती सगै सामाजिक शसक्तिकरणका लागी समेत बिभिन्न कार्यक्रम गरिएको छ । आफनो निर्वाचन क्षेत्रमा सामाजिक सदभाव कायम गराउने र बिकास गर्ने कार्यमा आफु कहिल्यै नचुकेको सांसद कमाल बताउछन ।

आफुले पटक पटक मन्त्री बन्ने सहितको बिभिन्न अवसर पाए पनि आफुले आफनो निर्वाचन क्षेत्रमा बिकास हुनु पर्ने सर्तमा ति अवसर गुमाएको बताउदै आफुलाई सो बिषयमा कुनै दुखेसो नरहेको उनी बताउछन । आफुले निर्वाचन जिते पछि तत्कालिन मन्त्रीहरु, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सहितका बिभिन्न दात्रृनिकायको पहलमा बार्षिक २ अर्ब बढि बिकास बजेट जिल्ला ल्याउन सफल भएको कमालले जानकारी दिए । आफुले अवसर पाए आगामी समयमा आफनो निर्वाचन क्षेत्रलाई भौतिक पुर्वाधारमा पुर्ण रुपमा बिकसित बनाएर आगामी निर्वाचनहरुमा अरुका लागी चुनावी एजेण्डानै बाकी नराख्ने उनले बताए । “मैले फेरी अवसर पाए भने निर्वाचन क्षेत्रमा पुर्वाधार बिकासको एजेण्डा बाकी रहन दिन्न ।” उनले भने । आफु निर्वाचित भए यता निहित स्वार्थ राख्ने केहि व्यक्ति असन्तुष्ट भए पनि आफुले जनताका लागी बिकास कार्य गर्न सधै तत्पर रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ