arrow

कमल थापाले भने–तत्काल सरकारमा जानेबारे सोचेका छैनौँ

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ असोज २४ मंगलबार
kamal-thapa-1.jpg.jpeg

विराटनगर । राष्ट्रिय प्रजातन्त्रपार्टीका अध्यक्ष कमल थापाले प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुनिश्चित गर्न आफ्नो पार्टीले सरकारलाई सर्मथन गरेको बताएका छन् ।

विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष थापाले वर्तमान राजनितिक परिस्थितीका कारण कुुनै शर्त नराखि पार्टीले सरकारलाई समर्थन गरेको प्रष्ट पारे ।

चुनावको शुनिश्चितानै एकमात्र शर्त भएको भन्दै अध्यक्ष थापाले सरकारमा सहभागी हुने विषयमा पार्टीले अहिले नसोचेको बताए ।  उनले मन्त्री बन्नका लागी पार्टीले सरकारलाई सर्मथन नगरेको पनि बताए ।

एउटा जिज्ञासामा थापाले निर्वाचनको मिति घोषणा भएपनि अहिलेको परिस्थितिमा निर्वाचन आयोगको सहमतिमा मन्त्री मण्डल पुनःगठन गर्न सकिने बताए । एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचनका लागि हुने गठबन्धन स्वभाभिक रहेको थापाको भनाई छ ।

एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकतासँगै वाम गठबन्धनले राजनितिमा मात्र नभएर मुलुक लाईनै दीर्घकालीन असर पार्ने थापाले बताए । वाम एकतापछि उनीहरुले लिने कार्य दिशाले नै यसको निर्धारण गर्ने उनको भनाई छ ।

अध्यक्ष थापाले हिन्दुराष्ट्रको विषयमा जनमतसंग्रह गर्नुपर्ने माग गरे । उनले लामो समयदेखी वहस र छलफल हुदै आएको हिन्दुराष्ट्रका विषयमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनकै क्रममा जनमत संग्रह गर्न सकिने भन्दै राप्रपाको अडान कायमै रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ