arrow

विश्वकप छनोट : अर्जेन्टिनालाई लागि 'गर या मर'को स्थिति, मेस्सीले के गर्लान ?

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
messi-out.jpg

एजेन्सी। अाउँदाे वर्ष रुसमा हुने विश्वकप फुटबल २०१८ को छनोट खेलहरु अन्तिम चरणमा पुगेको छन् । दक्षिण अमेरिकी छनोट खेल भने रोमाञ्चक मोडमा पुगेको छ।

विश्व फुटबलको महारथी अर्जेन्टिना छनोट हुने वा नहुने चरणको संघारमा छ। वुधबार विहान दक्षिण अमेरिकी छनोट चरणका अन्तिम खेलहरु हुँदै छन्। ब्राजिल यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ भने, बाँकी तीन टोलीको छिनोफानो हुन बाँकी छ।

अंक तालिकामा ब्राजिल ३८ अंकका साथ पहिलो स्थानमा छ भने उरुग्वे २८, चिली २६, कोलम्बिया २६ , पेरु २५ अंककासाथ क्रमश पहिलोबाट पाँचौं स्थानमा छन् । अर्जेन्टिना २५ अंकका साथ छैठौं स्थानमा छ। सबै टोलीले आ-आफ्नो अन्तिम खेल खेल्न बाँकी छ।  

पहिलो चार टोली सिधै रुस २०१८ को लागि छनोट हुने छन्, भने पाँचौं टोलीले अरु महादेशका टोलीसँग प्लेअफ खेल्नु पर्ने छ।  ब्राजिलले चिलीको सामना गर्दैछ, भने कोलम्बिया र पेरु भिड्दै छन्। ब्राजिलले चिलीलाई पराजित गरे चिली २६ अंकमै रहने छ ।

यस्तै, चौथो स्थानमा रहेको कोलम्बिया र पाँचौं स्थानमा रहेको पेरु आमने-सामने हुँदै छन्। कोलम्बियाले जिते वा पेरुले जितेकोखण्डमा अथवा अर्जेन्टिनाले बराबरी गरे छनोटको संभावना छ। अर्जेन्टिनाका लगि हार बाहेक बाँकी सबै नतिजाले विश्वकपको ढोका खूल्ला राख्ने छ।

ईक्वेडर-अर्जेन्टिना
विश्व फुटबलको बलियो टोली अर्जेन्टिनाले ईक्वेडरसँगको खेल जिते सिधै छनौट हुने सम्भावना छ, भने बराबरी भए पनि अरु टोलीको नतिजाले अघि जाने वा नजाने निर्धारण गर्ने छ। यदि पराजित भए अर्जेन्टिनाको विश्वकप यात्रा टुंगिने छ।
असर पर्नेछ।

ईक्वेडरका खेलाडीहरु यो मैदानमा खेल्न गाह्रो हुने बताउँछन्। म्यानचेष्टर युनाईटेडका खेलाडी एन्टोनियो भ्यालेन्सिया स्वयं यो मैदानमा खेल्न गाह्रो हुने बताउँछन्। उनको व्यावसायिक फुटबल जीवन यही शहरबाट शुरु भएको हो।

लियोनल मेस्सी

अर्जेन्टिनाका हस्ती लियोनल मेस्सीका लागि यो खेल निकै महत्वपुर्ण हुनेछ। उनको वरपर खेलको नतिजा घुम्ने गर्दछ। पछिल्लो समय मेस्सीले आफ्नो राष्ट्रिय टोलीका लागि सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् ।

अर्जेन्टिनाको टोलीमा मेस्सीसँग तालमेल मिल्ने खेलाडीहरु नभएर यस्तो स्थिती सिर्जना भएको भन्नेहरु पनि छन् । आफ्नो टोलीको क्षमता अुसार खेलाडीले आफुलाई ढाल्न सक्नु पर्छ भन्नेहरु पनि उतिकै छन् ।  

विश्व फुटबलमा सनसनी मच्चाएका बार्सिलोनाका खेलाडी मेस्सीका लागि सम्भवत: विश्वकप जित्ने यो नै अन्तिम अवसर हुनेछ । उनले आफु र आफ्नो टोलीलाई कसरी प्रोत्साहन गर्छन त्यो भने हेर्न बाँकी छ । ईक्वेडरसँगको खेल बहुप्रतिक्षा बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ