arrow

बुटवल उद्योग बाणिज्य संघको नेतृत्वको लागि काँग्रेस र एमालेबीच भीडन्त

संघ फुटाउने एमाले निकट व्यवसायीहरु पनि चुनावमा

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
Butwal-Udyog-Banijya-Sangh.jpg

काठमाडौं । मोफसलमा देशकै पुरानो र प्रतिष्ठित व्यवसायिक संस्था बुटवल उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी बढेको छ । यहाँका उद्योगी व्यवसायीहरु अहिले व्यापार व्यवसायमा भन्दा बढी चुनाव प्रचार प्रसारमा व्यस्त छन् । कोही नेतृत्वमा आउन त कोही आफु र आफ्ना निकटकालाई जिताउन प्रचारप्रसारमा दिनरात लागेका छन् ।

संघको असोज २५,२६ र २७ गते हुने ६४ औं साधारण सभा तथा २३ औ अधिवेशनबाट नयाँ नेतृत्व चयन हँुदैछ । आगमी तीन वर्षका लागि संघको नेतृत्व लिन व्यवसायीहरु राजनीतिक रुपमै दुइ प्यानल बनाएर निर्वाचनको प्रचारमा लागेका छन । यद्यपी दुवै प्यानलका उम्मेदवारहरुले आफुहरु राजनीतिक प्यानल नभई समावेशी प्यानल भएको दावी गरेपनि नेपाली काँग्रेस निकटका तर्फबाट हालका बरिष्ठ उपाध्यक्ष खिमबहादुर हमाल र एमाले तर्फबाट कृष्ण कुमार श्रेष्ठको नेतृत्वमा प्यानल सहित चुनावी मैदानमा छन । 

वाणिज्य संघका पुर्व अध्यक्षहरुको समर्थन हमाल प्यानलले पाएको छ । संघका पुर्व अध्यक्ष महेशराज राजभण्डारी, हिरा प्रसाद श्रेष्ठ, जीवन ओझा, अर्जुनमान शैजु, कुश मल्ली, नवराज श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ र वर्तमान अध्यक्ष महेशमान सिहको समेत समर्थन हमाल समूहलाई छ । उद्योग बाणिज्य संघमा २६ सय जनाले संघको सदस्यता लिएका छन । ती मध्ये १ हजार ९ सय ९९ जनाले मतदानमा भाग लिने संघ सचिवालयले जनाएको छ ।

यी मध्ये अधिकांश सदस्य कांग्रेस निकट उद्योग व्यवसायी रहेका छन् । विगतमा एमाले निकट व्यवसायीहरुले वाणिज्य संघको विकल्पमा रुपन्देही व्यापार संघ स्थापना गरेका थिए । तर, उक्त संस्थाको केन्द्रीय नेटवर्क नभएकाले उनिहरु पुन वाणिज्य संघमै नेतृत्व गर्नका लागि भन्दै आएको आरोप व्यवसायीहरुकै छ । संघको नयाँ नेतृत्वका चयनकालागि बुधबार २५ गते उदघाटन, मनोनयन दर्ता,२६ गते उम्मेदवारी बिरुद्ध दाबी बिरोध र २७ गते निर्वाचन हुने निर्वाचन अधिकृत बाबुराम पाण्डेले बताए । 

साधारण सभा तथा अधिवेशनको तयारी पुरा भएको संघका अध्यक्ष महेशमान सिंहले बताए । अधिवेशनको केन्द्रिय अध्यक्ष भवानी राणाले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । हमाल प्यानलको बरिष्ठ उपाध्यक्षमा उज्वल प्रसाद कसजु,उद्योग उपाध्यक्षमा अनिलकुमार श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा हरी अर्याल छन । महासचिवमा दिनेश प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा बिमलराज भट्टराइ र सचिवमा कमल प्रसाद पौडेल रहेका छन ।

श्रेष्ठको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा जयप्रकाश गुप्ता,उद्योग उपाध्यक्षमा शोभाखर पोखरेल,बाणिज्य उपाध्यक्ष कृष्णप्रसाद पौडेल छन । त्यस्तै महासचिवमा बिरेन्द्र केशर जोशी,कोषाध्यक्षमा गौरी शंकर गुप्ता र सचिवमा कमला पोख्रेल रहेका छन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ