arrow

बुटवल उद्योग बाणिज्य संघमा पूर्व अध्यक्षहरुको समर्थन हमाल प्यानललाई

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
hamal-pannel-butwal-trade-byapar-sangh.jpg

बुटवल। मोफसलमा देशकै पुरानो र प्रतिष्ठित व्यवसायिक संस्था बुटवल उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी बढेको छ । यहाँका उद्योगी व्यवसायीहरु अहिले चुनाव प्रचार प्रसारमा व्यस्त छन् । कोही नेतृत्वमा आउन त कोही आफु र आफ्ना निकटकालाइ जिताउन प्रचारप्रसारमा दिनरात लागेका छन् ।

संघको असोज २५,२६ र २७ गते हुने ६४ औं साधारण सभा तथा २३ औ अधिवेशनबाट नयाँ नेतृत्व चयन हुदैछ । आगमी तीन बर्षका लागि संघको नेतृत्व लिन व्यवसायीहरु राजनीतिक रुपमै दुइ प्यानल बनाएर निर्वाचनको प्रचारमा लागेका छन । यद्यपी दुवै प्यानलका उम्मेदवारहरुले आफुहरु राजनीतिक प्यानल नभइ समावेशी प्यानल भएको दावी गरेपनि नेपाली काँग्रेस निकटहरुका तर्फबाट हालका बरिष्ठ उपाध्यक्ष खिमबहादुर हमाल र एमाले तर्फबाट कृष्ण कुमार श्रेष्ठको नेतृत्वमा प्यानल सहित चुनावी मैदानमा छन । 

वाणिज्य संघका पुर्व अध्यक्षहरुको समर्थन हमाल प्यानलले पाएको छ । संघका पुर्व अध्यक्ष महेशराज राजभण्डारी,हिरा प्रसाद श्रेष्ठ, जिवन ओझा,अर्जुनमान शैजु, कुश मल्ली,नवराज श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ र वर्तमान अध्यक्ष महेशमान सिहको समेत समर्थन हमाल समुहलाई छ । उद्योग बाणिज्य संघमा २६ सय जनाले संघको सदस्यता लिएका छन । ती मध्ये १ हजार ९ सय ९९ जनाले मतदानमा भाग लिने संघ सचिवालयले जनाएको छ । यि मध्ये अधिकाश सदस्य कांग्रेस निकट उद्योग व्यवसायी रहेका छन् । 

विगतमा एमाले निकट व्यवसायीहरुले वाणिज्य संघको विकल्पमा रुपन्देही व्यापार संघ स्थापना गरेका थिए । तर उक्त संस्थाको केन्द्रिय नेटवर्क नभएकाले उनिहरु पुन वाणिज्य संघमै नेतृत्व गर्नका लागि लालायित भएर आएको आरोप व्यवसायीहरुकै छ । संघको नयाँ नेतृत्वका चयनकालागि बुधबार २५ गते उदघाटन, मनोनयन दर्ता,२६ गते उम्मेदवारी बिरुद्ध दावि बिरोध र २७ गते निर्वाचन हुने निर्वाचन अधिकृत बाबुराम पाण्डेले बताए । साधारण सभा तथा अधिवेशनको तयारी पुरा भएको संघका अध्यक्ष महेशमान सिंहले बताए । अधिवेशनको केन्द्रिय अध्यक्ष भवानी राणाले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

हमालको प्यानलमा अग्रज अनुभवी तथा युवा जोश र नयाँ सोचको समिश्रण रहेकाले संघका लागि सक्षम नेतृत्व सावित हुने पुर्व अध्यक्ष अर्जुनमान सैंजुले दावी गरे । हमाल प्यानलको बरिष्ठ उपाध्यक्षमा उज्वल प्रसाद कसजु,उद्योग उपाध्यक्षमा अनिलकुमार श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा हरी अर्याल छन । महासचिवमा दिनेश प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा बिमलराज भट्टराइ र सचिवमा कमल प्रसाद पौडेल रहेका छन ।

श्रेष्ठको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा जयप्रकाश गुप्ता,उद्योग उपाध्यक्षमा शोभाखर पोखरेल,बाणिज्य उपाध्यक्ष कृष्णप्रसाद पौडेल छन । त्यस्तै महासचिवमा बिरेन्द्र केशर जोशी,कोषाध्यक्षमा गौरी शंकर गुप्ता र सचिवमा कमला पोख्रेल रहेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ