arrow

गौचनका हत्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
gauchan_sab.png

भीमदत्तनगर । कञ्चनपुरको निर्माण व्यवसायी संघ, भीमदत्तनगरले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनका हत्यारालाई कारबाहीको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । 

केन्द्रीय अध्यक्ष गौचन हत्यामा संलग्नलाई यथाशीघ्र कारबाहीको दायरामा ल्याएर हँदैसम्मको कारबाही गर्नुपर्ने भन्दै कञ्चनपुर निर्माण व्यवसायी संघका पदाधिकारीले यहाँका निमित्त प्रमुख जिल्ला अधिकारी दिलाराज पन्तमार्फत सरकारसित माग गरेका हुन् ।  

ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी पन्तले व्यवसायीले दिएको ज्ञापन प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । 

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष गजेन्द्रबहादुर चन्दले घटनाप्रति दुखः व्यक्त गर्र्दै निर्माण व्यवसायीको अभिभावकमाथि नै प्रहार भएको ठहर गरे । 

“निर्माण व्यवसायी मात्रै होइन, यो घटनाले आम नागरिक पनि त्रसित छन् ।” अध्यक्ष चन्दले भने– “तत्काल घटनाको यथार्थ पत्ता लगाएर दोषीलाई कारबाही गर्नुपर्छ ।” 

घटनाको विरोधमा कञ्चनपुरमा निर्माण व्यवसायीले तीन दिन काम बन्द गर्ने भएका छन् । 

अध्यक्ष गौचनको तस्वीरमा माल्यार्पण गर्दै कञ्चनपुरका निर्माण व्यवसायीले श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ