- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुरको विष्टको मंगलबार मृत्यु भएको छ ।
वडाध्यक्ष विष्टलाई शुक्रबार एक्कासि ज्वरो र उपचारका क्रममा भारतको बरेलीमा रहेको एक अस्पतालमा मंगलबार मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडासचिव प्रयागराज पन्तले जानकारी दिए ।
उनले भने “शुक्रबार गाउँपालिकाको बैठकमै एक्कासि ज्वरो आएको थियो ।”
विष्टलाई योभन्दा अगाडि कुनै ठूलो रोग नरहेको र एक्कासि बिरामी भएर मृत्यु भएको हुँदा कुन रोगले मृत्यु भयो भन्ने जानकारी नआएको उनले बताए ।
दोगडाकेदार गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहेका ५२ वर्षीय विष्टका श्रीमती र दुई छोरा रहेका छन् ।
विष्ट नेकपा एमालेबाट उम्मेदवार बनेर वडाध्यक्षमा विजयी भएका थिए ।