arrow

संसद् बैठक : भाषा आयोग विधेयकका लागि नियम निलम्बन 

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
samsad-baithak.jpeg

काठमाडौँ । व्यवस्थापिका–संसद बैठकले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । 

जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले यो विधानलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गरेकी थिइन् । यो विधानको सैद्धान्तिक छलफलमाथि नेपाल मजदुर किसान पाटीका दिल्लीप्रसाद काफ्ले र प्रेम सुवालले भाग लिँदै विज्ञान र प्रविधिको वर्तमान युगमा नवीरकणीय ऊर्जा आवश्यक भएको बताए । 

छलफमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानबाट नेपाललाई ज्ञान, सीप ,अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने बताइन् । 

यसैगरी, बैठकले “भाषा आयोगको विधेयक, २०७३ माथि विचार गरियास्” भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । सभामुख ओनसरी घर्तीले प्रस्ताव सदन समक्ष प्रस्तुत गरिन् । 

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाको अनुपस्थितिमा समितिका सदस्य आनन्दी पन्तले “राजर्षिजनक विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७४” लाई सदनको बैठकमा प्रस्तुत गरिन् । 

उपनियम निलम्बन 
यसैगरी सदनको बैठकले व्यवस्थापिका–संसद् नियमावली १२७ को उपनियम एकलाई पनि बहुमतले निलम्बन गरेको छ । 

व्यवस्थापिका–संसद्को बैठकले भाषा आयोग विधेयक, २०७३ लाई यही असोज २७ गतेभित्र पारित गर्न आवश्यक भएकाले यो नियमावलीलाई बैठकले निलम्बन गरेको हो । 

निलम्बनसम्बन्धी यो प्रस्तावलाई बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रस्तुत गरे भने माओवादी केन्द्रका प्रमुख सचेतक रेखा शर्माले समर्थन गरे ।  व्यवस्थापिका–संसद्को अर्काे बैठक विहिबार दिउँसो बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ