arrow

नायिका रेखा थापा चढेको कारलाई ट्रिपरले दियो ठक्कर

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
Rekha-Thapa-in-2016.jpg

काठमाडौं । नायिका रेखा थापा चढेको कारलाई ट्रिपरले ठक्कर दिएको छ ।  बुधबार चाहविलस्थित ओम अस्पताल अगाडि नायिका थापाको कारलाई  ट्रिपरले ठक्कर दिएको हो ।
 
 बा १४ च ४७२ नम्बरको नायिका थापाको कारलाई बा २ ख ८६३२ नम्बरको ट्रिपरले ठक्कर दिएको गौशलाका प्रहरीले जनाएको छ । कारको पछाडिको भागमा ट्रिपरले ठक्कर दिए पनि नायिका थापालाई कुनै चोटपटक लागेको छैन । कारको पछाडिको ढोका पट्टीको भाग स्क्र्याच भएको छ ।  

 थापा गोपीकृष्ण मुभिजको कार्यालय सरस्वतिनगरबाट अन्तर्वार्ता दिएर फर्कने क्रममा दुर्घटना भएको हो । ट्रिपर चालक र नायिका थापालाई गौशला प्रहरीमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ