arrow

'सिडेन' नेता भोजराज तिवारी प्रदेशका लागि सिफारिस

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
bhojraj-tiwari.jpg

काठमाडौं ।  मंसिर १० र २१ गते आउदै गरेको प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनका लागि दलका नेता तथा कार्यकर्ता गाउँ, क्षेत्र र जिल्लाबाट उम्मेदवार सिफारिस गर्ने क्रम जारी रहेको छ । नेपाली काँग्रेसको शुभेक्छुक संस्था तथा लोकातान्त्रिक ईन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)ले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आफ्नो तर्फबाट उमेद्वारहरु सिफारिस गरेको छ ।

 सिडेनले प्रदेश नं ४ स्याङजा क्षेत्र नं. २ को प्रदेश सभा ख  को समानुपातिक तर्फ नेपाल प्रजातन्त्रवादी इन्जिनियरस एशोसियसनका पुर्व उपमहासचिव ई भोजराज तिवारी सहितका नेतालाई सिफारिस गरेको छ । अव उक्त सिफारिसको आधारमा नेपाली कांग्रेस केन्द्रले उमेदवारको टुङ्गो लगाउने छ ।


२०६२ को निर्वाचित स्ववियु सदस्य हुदै पुल्चोक क्याम्पसको कार्यबाहक सभापति बनेका तिवारी नेवि संघ पुल्चोक क्याम्पसको पुर्व उपाध्यक्ष समेत हुन् ।  राजनितिलाई असल संस्कारको रुपमा बिकास गर्नु पर्ने र जनतामा राजनितिक दल प्रतिको नकारात्मक शोच परिवर्तन गर्नु चुनौति देख्ने तिवारी आफुलाई सिडेनले रुचाएका कारण सिफारिस गरेको र पार्टीले आधिकारीक टिकट पाए अत्याधिक मतले चुनाव जित्ने बताउँछन । राजनितिलाई समाजसेवा भएको र यसैबाट सभ्य समाजको निर्माण सम्भव भएको उनि बताउँछन ।


तिवारी  सिडेनबाट नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिमा पनि सिफारिस भएका थिए । सिडेनले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिक उमेद्वारका लागि योजना आयोगका सदस्य प्राध्यापक हिरेन्द्र मान प्रधान, नेपाल ईन्जिनियर्स एशोसियसन तथा सिडेनका पुर्व अध्यक्षद्वय किशोर शाक्य तथा प्राध्यापक सरोज देवकोटा छन्। यस्तै नेपाल ईन्जिनियर्स एशोसियसनका पुर्व उपाध्यक्ष दिलिप कुमार झा तथा टिम्बर कर्पोरेशनका पुर्व अध्यक्ष बिरेन्द यादव समानुपातिक तर्फ सिफारिस भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ