arrow

खेलकुदमार्फत सम्बन्ध स्थापनाका लागि राजदुत अधिकारीले पहल गर्ने 

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
sewa-lamsal-sports-journalist.jpg

इस्लामावाद। पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्साल अधिकारीले एआइपिएस एसियाका नवनिर्वाचित कोषाध्यक्ष निरञ्जन राजवंशीलाई बधाई दिदै यो सफलता एसिया मुलुकमा नेपालको नाम उचो पारेको बताएकी छिन्। गत साता इस्लामावादमा सम्पन्न एआइपिएसको विशेष साधारण सभाबाट राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका थिए।

इस्लामावादस्थित दुतावासमा राजदुत अधिकारीले आज राजवंशी, नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना र पाकिस्तान स्पोर्टस् राइर्टस् एसोसिएसन (पिएसडब्यूए) का महासचिव जाहित फारुक मलिकलाई संयुक्त रुपमा भेट गरेकी थिइन्। राजदुत अधिकारीले नेपालको दाँजोमा पाकिस्तान खेलकुदमा निकै अगाडि रहेकोले पाकिस्तानबाट लिन सक्ने सहयोगका लागि आफुले पहल गर्ने बताइन्। अर्को साता स्वदेश फर्केपछि नेपाली क्रिकेट टोली कप्तान पारस खड्का र क्रिकेटसँग सरोकार राख्नेहरुसँग छलफल गर्ने र त्यसको आधारमा पाकिस्तान क्रिकेट बोर्डसँग प्रस्ताव लाने भेटका क्रममा बताइन्।

नेपाल र पाकिस्तानबीच खेलकुदमार्फत थप सम्बन्ध स्थापित गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै राजदुत अधिकारीले नेपाली खेलकुद पत्रकारलाई त्यसतर्फ कलम चलाउन आग्रह गरेकी छिन्। राजदुत अधिकारी पाकिस्तानसँग क्रिकेट, हक्की, स्क्वास र स्कीको विकासमा सहकार्यको सम्भावना रहेको औल्याइन्। 

‘यहाँको खेलकुद निकै सम्बृद्ध र विकसित छ। यहाँबाट हामीले सिक्न सक्ने थुपै्र विषय छन् ’ उनले भनिन्,‘नेपालबाट यहाँ खेलाडी पठाउने र नेपालबाट यहाँ खेलाडी झिकाएर मैत्रीपूर्ण खेल आयोजनाका लागि पनि मेरो पहल रहनेछ।’ उनले खेलकुदसँगै पयर्टनमा पनि पाकिस्तानसँग सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै आफुले त्यसका लागि पहल गर्ने बताइन्। पिएसडब्यूएका महासचिव मलिकले नेपाली खेलकुद विकासमा पाकिस्तानले गर्न सक्ने सहयोग उपलब्ध गराउन आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने वचन राजदुत अधिकारीलाई दिए। 

आजै राजवंशी र तिमल्सिनाले पाकिस्तानका खेलकुद मन्त्री रियाज हुसेन पिरजादालाई भेट गरेको थियो। मन्त्री रियाजले भेटका क्रममा सानै देखि नेपाल जाने आफ्नो चाहना रहेको सुनाए। उनले भविष्यमा नेपालको भ्रमण गर्ने पनि बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ