arrow

छात्रवृति वितरण नगरी आफ्नो खल्तिमा पारेपछि ३ करोडको फन्दामा 

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
ciaa-office-hq.jpg.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआले गैरकानूनी रुपमा सम्पत्ति थुपारेको भन्दै उच्च माध्यमिक शिक्षा परिषदका तत्कालीन सह–सचिव देवीप्रसाद वाराकोटीलाई तीन करोड २० लाख रुपैयाँ विगो भर्न भनेको छ । 

सेवानिवृत्त भइसकेका वाराकोटीले गैरकानूनी रुपमा गतिविधि गरी दुई करोड दुई लाख रुपैयाँ आर्जन गरेको अख्तियारको ठहर छ । गैरकानूनी रुपमा आर्जित धनबाट थप एक करोड १७ लाख रुपैयाँ थुपारेको भन्दै अख्तियारले उनीविरुद्ध तीन करोड २० लाख रुपियाँ विगो माग दावी गरेको हाे । 

वाराकोटीले गैरकानूनी रुपमा कमाएको सम्पत्ति श्रीमतीको नाममा लुकाएको भन्दै ती चल–अचल सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रमिला उप्रेतीलाई समेत प्रतिवादी बनाइएको छ ।

वाराकोटीविरुद्ध प्रश्नतपत्र छपाई लगायत छात्रवृति वितरण गर्दा घुसर लिई अकूत सम्पत्ति जोडेको भन्दै उजुरी परेको र उजुरी छानविन गर्दै अख्तियारले उनीसँग विगो माग दावी गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ