arrow

कैदीहरूबीच झडप हुँदा १३ जनाको मृत्यु, ८ गम्भीर

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
mexico.jpg

मेक्सिको सिटी । मेक्सिकोको नुएभो लेओन राज्यमा रहेको एउटा कारागारमा कैदीहरूको दुई समूहबीच भएको विवादपछिको एक झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

राज्यका सुरक्षा प्रवक्ता अल्डो फास्कीले मंगलबार काडेरेता कारागारमा दुई समूह बीच झडप भएको जानकारी दिए ।

सो कारागारमा यसअघि पनि पटक पटक यस्तै आन्तरिक झगडा र झडप हुँदै आएको र दर्जनौँको मृत्यु भइसकेको उनले बताए ।

पत्रकार सम्मेलनमा प्रवक्ता फास्कीले घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताए ।

प्रहरीका अनुसार अहिलेसम्म पनि घाइतेहरूको स्पष्ट पहिचान गर्न सकेको छैन । घटना भएको कारागार अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारी उच्च अधिकारीहरूले कारागारको पुनःनिर्माणका लागि आवश्यक निर्देशन दिइसकेको बताएका छन् ।

यसै वर्षको गत मार्च महिनामा भएको यस्तै झडपमा परी चार जनाको मृत्यु भएको थियो भने अरू थुप्रै घाइते भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ