arrow

क्यालिफोर्नियाको डढेलोमा ज्यान गुमाउनेको संख्या २१ पुग्यो, ३८० हराए

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
fired-california.jpeg

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान गुमाउनेको संख्या २१ पुगेको छ ।

तीमध्ये पछिल्लो पटक ७५ औं विवाह उत्सव मनाउँदै गरेको जोडीसमेत परेको छ । 

चार्लस रिपी १०० वर्षका र उनकी श्रीमती ९८ वर्षकी थिइन् । डढेलोबाट ३८० जना हराइरहेको अधिकारीले बताएका छन् । पहिले यो संख्या ६७० थियो ।  

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो अंगुर बगानमा पसेको यसैका कारण झन बढी फैलिएको बताइएको थियो । क्यालिफोर्नियाको करिब १ लाख १५ हजार हेक्टर क्षेत्रफलमा डढेलो सल्किएको छ । 

उक्त राज्यका विभिन्न २४ स्थानबाट डढेलो सुरु भएको थियो । सो डढेलो अहिले सबैजसो जंगलमा फैलिएको छ । 

हजारौँ स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् । कतिपय आफै भाग्न सकेका थिए भने अरु कैयौँलाई प्रभावित क्षेत्रबाट उद्वार गरेर अन्यत्रै राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ