arrow

पाकिस्तान फुटबल संघ फिफाद्वारा निलम्बन, कारण यो छ 

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
pff.jpg

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तानको फुटबल संघ (पिएफएफ) लाई निलम्बन गरेको छ । 

पिएफएफमा राजनितिक हस्तक्षेप भएको भन्दै फिफा काउन्सिलले मंगलबार पाकिस्तानलाई निलम्बन गरेको जनाएको छ । 

पाकिस्तानी अदालतले नियुक्त गरेको फुटबल बडीले पिएफएफको कार्यालय र एकाउन्ट नियन्त्रण गरेको फिफाको आरोप छ । 

निलम्वनपछि पिएफएफले फिफा स्ट्याटसको १३ नम्बर बुँदा अनुसार सबै अधिकार गुमाएको छ । 

पाकिस्तान फिफा वरियतामा २०० सयौं स्थानमा छ । 

पाकिस्तान पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय फुटबलमा निष्कृय रहेको छ भने कुनै पनि प्रतियोगितामा भाग लिएको छैन ।

योसंगै पाकिस्तानले एएफसीबाट आउने सहयोगसमेत पाउने छैन । 

फिफाले अन्य सदस्य राष्ट्रहरुको पाकिस्तानप्रति कुनै सम्पर्क वा सदासयता मान्य नहुने पनि बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ