arrow

प्रवासका काँग्रेसीहरुका नाममा !

logo
शालिक गौतम,
प्रकाशित २०७४ असोज २६ बिहिबार
shalik-gautam.jpg

काठमाडौं । सार्क मुलुकको कुनै विश्वसनिय अनुमान छैन । तर अन्य मुलुकहरुमा यदि सवै जनसंपर्कका समितिका सदस्यहरुले आपसी आमसहमतिमा उम्मेद्वार तय गर्ने हो भने भुमण्डलका सबै राष्ट्रिय समन्वय परिषदमा र अन्तर्राष्ट्रिय समन्वय परिषदमा जनसंपर्क समितिले समर्थन गरेका बाहेक अरु कुनै पनि उम्मेद्वारले चुनाउ जित्न सक्दैन ।

तर विडम्बना अर्कै छ । बहुत निम्न संख्यामा रहेका विशेष गरेर एमाले समर्थक प्रवासीहरुले काँग्रेसलाई विभाजनमा ल्याउने प्रयास सदैव सफल भएको छ । काँग्रेसीहरु सदैव आँफैमा लडेका छन् । प्रतिशोध साँधेका छन् र गुट उपगुटको चरम राजनिति गरेका छन् । परिणाम स्वरुप अल्पसंख्यक अन्य शक्तिहरु ड्यासमा बसेर भाषण गर्ने र बहुसंख्यक काँग्रेसहरु दर्शकदिर्घामा बसेर ताली ठोक्ने गरेको दशकौं वितिसकेको छ । 

एनआरएनको विश्व सम्मेलनको पुर्व सन्ध्यामा केहि औपचारिक छलफलहरु गरिन्छन् । तर औपचारकिता तथा नक्कली खालको मात्रै । किनभने क्षेत्रियता, सामुदायिकता, जातियता र साम्प्रदायिकताका र व्यापारिक संवन्धहरुका कारण मतदान कस्लाई गर्ने भन्ने पुरै माइन्ड सेट पहिला नै भसकेको हुन्छ । 

जनसंपर्क समितिहरुमा जिम्मेवारी पदसंहाली सकेकाहरु अथवा विदेशका काँग्रेसका नेताहरु भनिनेहरु पनि केहि अपवाद बाहेक प्रायहरु चोखा छैनन् । तर आफुहरु नै काँग्रेसका सच्चा सिपाही, विपीका अनुयायी जस्ता विषेशणहरु अलापेर आँफैलाई ढाटिरहेका छन् । 

अझै सामाजिक संजालहरुमा आँफुलाई सक्कली काँग्रेसको रुपमा प्रस्तुत गरेको र काँग्रेसको चिन्ताले ज्यानै सकेको अचाक्ली रोतरोत हेर्न लायक हुन्छ । 

हरेक ग्लोबल संम्मेलन पुर्व जनसंपर्क समितिहरुले निरन्तर रुपमा धेरै पटक साझा उम्मेद्वार बनाउने प्रयत्न भएको भए पनि सफलता पाउन सकेको छैन । गैर आवासीय नेपाली संघको मुद्दाप्रति जनसंपर्क समिति मौन रहँदा एनआरएन अभियानलाई फाइदा पुग्न सक्छ भन्ने तर्कमा केहि सत्यता छ ।  

तर सामारिक अवस्थामा हामी लोकतन्त्रबादीहरुले तथस्तता कायम गरे पनि अन्य शक्तिहरुले साँगठानिक रुपमा नै भरमग्दुर प्रयास गरेर नेतृत्वमा जानी कुरामा कुनै संझौता गर्दैनन् ।  तर फरक जनसंपर्क संवद्धहरु सामाजिक संजालमा धेरै पोखिने र  अन्य शक्तिहरु अनुशाशित भएर गोप्य रहन्छन् ।

नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको मितिमा २२ साउनमा चलानी नंम्बर ५० को एउटा पत्र मार्फत आआफ्ना मुलुकमा अनुशाशित भएर नेपाली जनसंपर्क संवद्ध सवै उम्मेद्वारहरुलाई जिताउन सर्कुलर गरिएको छ । 

यसको मतलब नेपाली काँग्रेस एनआरएनएको चुनावमा निरपेक्ष छैन । यसो हो भने गैर आवासीय नेपाली संघका मुल्य, मान्यता, विधान र आचारसंहितालाई उच्च सम्मान गर्दै किन जनसंपर्क समितिहरुबाट नै साझा उम्मेद्वार तय नगर्ने ? 

राष्ट्रिय समन्वय परिषदको अधिवेसनमा जनसंपर्क समिति आवद्धहरु वा समितिले समर्थन गरेकाहरुलाई जिताउनु पर्ने भए अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा किन नपर्ने ?

अब नेपाली काँग्रेसले स्पस्ट एउटा लाइन समात्न जरुरी छ । एनआरएनलाई सापेक्षित रुपमा लिने वा निरपेक्षित रुपमा नरम वा असंलग्न लाइन लिने संवन्धमा । नेपाली काँग्रेसमा भएको गुट उपगुटको हुवहु प्रतिविम्ब प्रवासमा पनि परेको छ । 

सुचना तथा प्रविधिका कारण संवन्ध विस्तार र सवैको उत्तिकै पहुँच पनि छ । नेपाली काँग्रेसमा भएको धुव्रिकरणका कारण समग्र विदेशका समाजहरुमा उत्पन्न असहिष्णु तथा समाजको विभाजनको कारक जनसंपर्क समिति भित्रको वेमेल पनि हो । 

त्यसकारण एनआरएनका विशिष्ट मर्महरुलाई अक्षुण राख्दै विषेश सहजीकरण आफ्ना कार्यकर्ताहरुको विचमा नेपाली काँग्रेसले गर्नु पर्दछ वा नेपाली काँग्रेसको निर्णय, सिद्धान्तहरु र कार्यक्रमहरु बाहेक अन्य सवालमा पार्टि निरपेक्ष बस्ने निर्णय गरिनु जरुरी छ । 

मानव शरिरको ठुलो र सानो आन्द्रा जोडिने स्थानमा चार इन्च लामो एक ट्युव हुन्छ जस्लाई एपेन्डिक्स भन्ने गरिन्छ । मुसा र खरायो जस्ता जिवहरुमा पनि यो अंग हुन्छ र यस्ले पाचन प्रकृयामा सघाउ पुर्याउँछ । 

मानव शरिरमा  भने यो अंगको कुनै काम नभएको विश्वास गरिन्छ । यसको कुनै उपयोगिता नभए पनि केहि कारणले एपेन्डिक्समा समस्या भएमा र तुरुन्तै शल्यकृया नभएमा मृत्यु शैयामा धकेलिनुको कुनै विकल्प रहँदैन । 

कतै जनसंपर्क समितिको आँखाबाट एनआरएनको सवाल एपेन्डिक्स जस्तै त होइन ? जनसंपर्क समितिका कारण एनआरएनए , एनआरएनए कारण समाज र समाजका कारण समुदायमा सदैव खण्डित भइरहने हो भने कार्यक्रमहरु तथा साझा सवालहरुमा सहकार्य गर्ने तर नेतृत्व चयनका सवालमा मौन बस्दा पनि उत्तम हुन सक्ला । 

गैर आवासीय नेपाली संघ आफैमा एक गतिशिल संस्था हो र उच्च सम्मान छ । तर लगानी, सिप र पुजीको रटान अव फेजआउट भएको छ । विषेश गरेर आप्रवासीहरुको कल्याणकारी संस्थाको रुपमा रुपान्तरण गरिनु पर्दछ । 

यहाँ एनआरएनलाई बेकामे भन्न खोजिएको होइन तर नेतृत्व चयनको प्रकृयामा जनसंर्पक समिति मौन बस्दा संगठन –जनसंपर्क समिति बलियो हुन सक्ने कुरा मात्रै औल्याउन खोजिएको हो । 

गैर आवासीय नेपाली संघको आठौं अधिवेसन १४ देखि १७ अक्टोबरमा काठमाण्डौंमा हुदै छ । असरल्ल घोषणा गरिएका उम्मेद्वारीहरु र आँफै विचका प्रतिस्पर्धाले काँग्रेसलाई कमजोर बनाएको छ । 

कसैलाई जिताउन मात्र होइन कसैलाई हराउनकै लागि पनि काठमाण्डौमा झरिएको छ । यो संगठनको अशुभ संकेत हो । कसैले गलत गरेको भए  आत्मआलोचना गर्ने  तथा माफ दिन सक्ने बहादुरीको सुरुवाट कोहीबाट सुरु हुन जरुरी छ संगठनको हितका लागि । यो क्रमभंग कहिंबाट सुरु नहुने हो भने कर्मठ र इमान्दार काँग्रेसीहरु पालैपालो सिकार बन्नु पर्ने हुन्छ । 

नेपालमा भएको बाम धुर्विकरणले अव हुदै गएको एनआरएनए आइसीसीको चुनावलाई प्रभावित गर्न पनि सक्ने अनुमानहरु हुन थालेका छन् । नेपाली काँग्रेसले आवश्यक पहद कदमी गर्न जरुरी छ । 

कम्तिमा आफ्नै कार्यकर्ताहरु विच तिक्तता नआओस भन्नका खातिर पनि । अन्थया एउटा कुरा के पक्का छ भने सवै काँग्रेसमा आस्थाराख्नेहरु आफ्नै कारणले हार्ने छन् । र अर्को दुई वर्षमा प्रतिशोध र बदला लिने आगोका लप्का मनमा लिएर आँफु बस्ने देशमा फर्किने छन् । (लेखक नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सका महामन्त्री हुन् )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ